उज्यालो संवाद

‘राजा आउँदैमा विकासमा जादुको छडी नै आउने होइन’ : प्राध्यापक श्रेष्ठ

नेपालको स्थायित्व र अभिभावकत्वका लागि भएपनि राजालाई शेरेमोनियल बनाउन मात्रै सकेपनि अहिले नेताहरुको केही गलत काम रोकिने उहाँको तर्क छ ।

दमक, चैत्र १५/ नेपालमा अहिले व्यवस्थाको समर्थन र विरोधमा आन्दोलन चलिरहेको छ । समय तालिका बनाएर समूह र दलहरुले बेग्ला बेग्लै कार्यक्रमहरु गरिरहेका छन् । एकपछि अर्को प्रर्दशनका तयारीहरु भइरहेका छन् । जो मुठभेडतर्फ उन्मूख हुनेगरीको समेत देखिएको छ ।

आज मात्रै काठमाडौमा दुई समूहको प्रदर्शन चलिरहेको छ । तर राजा पक्षधर एकजना प्राध्यापक भने अहिले व्यवस्थानै फेर्ने बेला नभए पनि नेता सुध्रने बेला भएको बताउनु हुन्छ । राप्रपाको कोशी प्रदेश संगठन विभाग प्रमुख समेत रहनु भएका जयबहादुर श्रेष्ठले उज्यालो खबरको उज्यालो संवादमा कुरा गर्दै भन्नु भयो ‘राजानै आएपनि कुनै जादुको छडी बोकेर आउने होइन । त्यसैले कोही हौसिने र आत्तिने गर्नु हँुदैन ।’

नेपालको स्थायित्व र अभिभावकत्वका लागि भएपनि राजालाई शेरेमोनियल बनाउन मात्रै सकेपनि अहिले नेताहरुको केही गलत काम रोकिने उहाँको तर्क छ । अहिले राष्ट्रपतिको दर्जामै राजा राख्ने हो भने अधिकांश समस्याको समाधान हुने उहाँको धारणा छ । ‘अहिले राष्ट्रपतिले राष्ट्रपतिले जस्तो काम गर्नु भएको छैन । उहाँ दलको नेता तथा कार्यकर्ता जस्तो भएर काम गर्नु हुन्छ । त्यसैले यदि राजा भयो भने त कुनै दलको निर्देशन र इसारामा नभइ देश र जनताको पक्षमा निर्णयहरु हुन सक्छन् नी ।’ उहाँको तर्क छ ।

उहाँसँगको संवादको भिडियो लिंक तल राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि