साहसिक कामको कदर

लुटपाट गर्नेमाथि प्रतिकार गर्ने भाटभटेनीका सुरक्षाकर्मी पुरस्कृत

५,०१,१११ रुपैयाँले पुरस्कृत गर्नुमात्र होइन एकैसाथ पाँच ग्रेड बढुवा

दमक, चैत २०/ आफ्‌नो जिम्मेबारीको कामलाई जस्तै परिस्थितिमा पनि पुरा गर्नुपर्छ भन्ने उदाहरण बन्नु भएका भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत बन्नु भएको छ ।

 

भाटभटेनी मार्केटमा गत चैत १५ गते राजावादीको आन्दोलनमा भएको लुटपाटमा प्रतिकार गर्ने पराजुलीलाई बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ५ लाख १ हजार १ सय ११ रुपैयाँले पुरस्कृत गर्नुमात्र होइन एकैसाथ पाँच ग्रेड बढुवा गरेर उहाँको साहसिक कार्यप्रति सम्मानित गर्नुभयो । पराजुलीको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।

 

राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको एक्लै प्रतिकार गरी पराजुलीले थप क्षति हुनबाट जोगाउनु भएको थियो । सो मार्केटमा भएको लुटपाटबाट कम्तिमा पनि ८० लाखको क्षति भएको सुपरमार्केटले जनाएको छ । लुटपाट गर्नेहरुलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते

गुटेरेसको चेतावनी देखि भोटेकोशी विपद् र न्यायको खोजीसम्म

काठमाडौँ,१७ भदौ । नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक

सीमापार जल तथ्यांक र पारदर्शिता खुला गर्न चीनसँग अधिकारकर्मीको माग

काठमाडौं,१७ भदौ । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरण विद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जल सम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार र राहत तीव्र

काठमाडौं,१७ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज–उद्धार, राहत तथा स्वास्थ्य सेवा कार्यलाई तीव्र बनाएको छ ।मंगलबार साँझ ७ बजेसम्म नेपाली