फुर्सदमा किनमेल

दमकमा विदेशको झल्को, अब रातिसम्म सामान किन्न पाइने

साँझ ५ देखि राति ९ बजेसम्म अब सस्तो बजार

दमक, चैत २० / राम्रो सामान सस्तोमै किन्न कसलाई पो चाह नहोला र ? यदि तपाईंलाई पनि त्यसखाले चाहना छ भनें दमकमा आउनु पर्ने भएको छ ।

 

तपाईं आफ्‌नो घरायसी र कार्यालयको काम सकेर फूर्सदको समय मिलाएर नै त्यसखाले सामान किन्ने समय निर्धारण गरिएको छ । अर्थात दमक ६ र ७ को सिमानामा पर्ने पशुहाटको पश्चिम र बसपार्कको पूर्व उत्तरमा रहेको सडकमा साँझ ५ देखि राति ९ बजेसम्म अब सस्तो बजार लाग्न थालेको छ । यातायातका साधनको यात्रालाई व्यवस्थापन गरी सडकको दुबै किनारमा लागेको बजार हेर्दै रमाइलो देखिन्छ ।

 

होलसेल व्यवसायीको समन्वयपछि स्थानीय व्यवसायीको सक्रियतामा मंगलबारबाट यसखाले आकर्षक बजार लाग्न सुरु गरेको हो । सो बजारमा पुग्नु भएका दमक ७ का राईबहादुर हिङमाङले फरकखाले रमितलाग्दो बजार लागेकोमा खुसी लागेको बताउनु हुन्छ ।

 

दमक १ नम्बर वडा कार्यालयकी कर्मचारी समेत रहनु भएकी दमक ६ की जोसिला ढुंगानाले यसबेला व्यापारमा मन्दि भइरहेको बेला यसखाले बजार लगाएर सस्तोमा सामान पाउनु खुसीको विषय भएको धारणा राख्नु भयो । ‘यसले सुस्ताएको व्यवसायलाई पनि उठाउने र सेवाग्राहीलाई पनि राहत पुग्ने देखिन्छ ।’– उहाँले भन्नुभयो ।

 

हनुमान मन्दिर तर्फ जाने सडकमा लागेको बजार उपभोक्तामैत्री रहेको छ । यसलाई दैनिक नियमित रुपमा सञ्चालन गर्ने व्यवसायीहरुको योजना छ । पहिलो दिन फरकखाले बजारको दृष्य हेर्न स्थानीयको निकै भिडभाड देखिएको थियो । सामान किन्नका लागि पनि उस्तै थियो भिड ।

बाहिर भन्दा केही सस्तो मूल्यमा आफूले पनि केही सामान किनेको जनाउँदै यसखाले बजारले स्थानीयलाई सहज बनाउने स्थानीय सकुन पोखरेलले समेत धारणा छ ।

 

साँझ खाना खाएर परिवारका सदस्य, साथीसंगी घुम्दै बजार हेर्न र सरसामान किन्न जाने हिसाबले यो सजिलो बनेको छ । सो बजारमा विशेषगरी लत्ताकपडा, जुत्ता, इलेक्ट्रोनिक, सजावटका गरगहनालगायतका सामान पाइने गरेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि