आज मध्यरातदेखि नै लागु हुने

अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा ५४ प्रतिशतसम्म कर

यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ।

दमक, चैत्र २१/  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन्।

कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको छ। यो निर्णय ९ अप्रिलबाट लागू हुनेछ। ट्रम्पले बेलायतबाट अमेरिकामा पुग्ने सामानमा १० प्रतिशत करको निर्णय गरेका छन् भने युरोपेली युनियनबाट जाने सामानमा २० प्रतिशत करको निर्णय गरेका छन्।

मध्यरातदेखि नै लागु हुने गरी विदेशी सवारी साधनमा २५ प्रतिशत करको निर्णय गरे। रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले यसलाई स्वतन्त्रता दिवसको घोषणा भन्दै अमेरिकामा नयाँ युगको सुरुवात भएको समेत बताए।

मेक्सिकोपछि सबै भन्दा धेरै अमेरिकामा सामान पुग्ने चिनियाँ सामग्रीमा उनले ५४ प्रतिशतसम्म करको निर्णय गरेका छन्।  यो निर्णयमा अमेरिकामा दुई थरी मत देखा परेको छ। रिपब्लिकले यसलाई सकारात्मक रूपमा लिएको बताएका छन् भने डेमोक्र्याटले अमेरिकाको आर्थिक अवस्था ओरालो बाटोमा जान सक्ने चिन्ता व्यक्त गर्न थालेका छन्।


उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य