सुस्ताएको नेपाली चलचित्रमा उत्साह थपिँदै

वर्ष २०८१: कस्तो रह्यो नेपाली चलचित्र क्षेत्र ?

चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो, जसले रचनात्मक पक्ष बलियो बनाउँछ ।

दमक, चैत्र २१/ पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० लाख रुपैयाँ (ग्रस) कारोबार गर्यो ।

 

जसले नेपाली चलचित्रका लागि विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्‍यो । नेपालको गामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको चलचित्रकर्मीहरू बताउँछन् ।

 

यसले सुस्ताएको नेपाली चलचित्र क्षेत्रलाई उत्साहित मात्रै बनाएन, नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण पनि बनायो । यसर्थमा पनि नेपाली चलचित्रका लागि २०८१ साल अविष्मरणीय बन्न पुगेको छ किनकि यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ सर्वकालीन सफल चलचित्र बनेको छ ।

 

यसका साथै चलचित्र ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘होस्टेल ३’ र ‘अञ्जिला’ ले राम्रो व्यापार गरेका छन् । प्रदर्शन हुन बाँकी रहेका तीन चलचित्र ‘वसन्त’, ‘पिताम्बर’ र ‘कर्मा’ ले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

 

अभिनेता प्रदीप खड्काले नेपाली चलचित्रका लागि यो वर्षको सुरुआत राम्रो भए झैँ अन्त्य पनि सुखद हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो वर्ष भिन्न भिन्न विषयका चलचित्र प्रदर्शन भए, वर्षको सुरुआत निकै राम्रो रह्यो । इतिहास रच्ने चलचित्रदेखि नयाँ अनुहारलाई पनि दर्शकले विश्वास गरेको पाइयो । यस वर्षको अन्त्य पनि सुखद हुने विश्वास लिएको छु ।”

यो वर्ष विशेषगरी नाम चलेका कलाकारभन्दा पनि विषयवस्तुमा आधारित चलचित्रमा दर्शक आकर्षित भएका छन् । चलचित्रमा विषयवस्तु वा कथा आकर्षणको केन्द्र हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताउनुभयो ।

 

 

चलचित्रको कथामा दर्शक आकर्षित हुनु चलचित्रकर्मीका लागि सुखद विषय हो किनकि कलाकारमा केन्द्रीत हुँदा त्यहाँ रचनात्मक पक्ष कमजोर हुनसक्छ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भन्नुभयो ।

उहाँले निर्देशन गर्नुभएको प्रदर्शनरत चलचित्र ‘अञ्जिला’ मा दर्शकको आकर्षण राम्रो छ । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रले प्रदर्शनको २० दिनमा देशव्यापी रु छ करोड ४५ लाखको व्यापार (ग्रस) गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बक्सअफिसमा उल्लेख छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बीच भेटवार्ता

काठमाडौं ,१५ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भयो।भेटका क्रममा सभापति लामिछानेले भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको

बाढी प्रभावितका लागि समानान्तर ग्रुपद्वारा ६३ लाख ३७ हजार सहयोग

काठमाडौं,१५ भदौ । समानान्तर निर्माण सेवा प्रालि र समानान्तर ग्रुपमा कार्यरत कर्मचारीहरूले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत

१७ हजार बालबालिका प्रभावित, शिक्षा र स्वास्थ्यमा गम्भीर असर

काठमाडौं , १५ भदौ। भदौ १० गते रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउनुका साथै सयौं बालबालिकाको जीवन प्रभावित बनाएको छ

बाढीपहिरोपछि बजार अनुगमन तीव्र, १० विशेष टोली परिचालन हुने

काठमान्डौ,१५ भदौ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता

त्रिशुली थ्री बी सुरुङमा नेपाली सेनाको उद्धार जारी

काठमाडौँ,१५ भदौ ।रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिसुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।नेपाल

बाढीले ३२ वटा पुल बगायो, २० अर्बको भौतिक क्षति

काठमाडौँ,१५ भदौ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति