तरकारीको विषादी परीक्षण

दमकको सब्जी बजारमा पाइने तरकारी कत्तिको खान योग्य ?

भारतमा भन्दा नेपालका बारिमा प्रयोग गरिएको बिषादीको मात्रा धेरै देखिएको छ ।

दमक, चैत २२ । दमकको तरकारी बजार । हेर्दा हरिया सागपात । तरकारी । किनिहालौं र पकाएर खाई हालौं जस्तै कलकलाउँदा देखिन्छन । केही केही त हेर्दा यति आकर्षक छन् कि अहिले नै त्यहिँ काँचै खाइहालौं जस्तै पनि देखिन्छन् ।

यसरी आँखाले हेर्दा राम्रो देखिएका यी तरकारीहरु हाम्रो भान्सामा पकाएर खान कत्तिको योग्य छन् त भन्नेबारेमा दमक नगरपालिकाले यसमा प्रयोग भएको बिषादीको मापन तथा परीक्षण गरेको छ ।

बिहिबार बिभिन्न स्थानबाट आएका तरकारीहरुको नमूना संकलन गरी त्यसमा हुने कार्वामेट र अर्गानो फस्फेट परीक्षण गरिएको दमक नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनुभयो ।

बजारमा हेर्दा राम्रो देखिने तरकारी उपभोक्ताको भान्सा र खाने थालसम्म पुग्दा कत्तिको सुरक्षित छ भन्नेबारे थाहा पाउँन यसरी परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षणका लागि संकलन गरिएका सागसब्जीहरु दमकदेखि बाहिर तथा भारतबाट समेत आयात गरिएका थिए । नगरपालिकाले सार्वजनिक गरेको रिपोर्ट अनुसार भारतमा भन्दा नेपालका बारिमा प्रयोग गरिएको बिषादीको मात्रा धेरै देखिएको छ ।

३५ प्रतिशत भन्दा कम अर्गानो फस्फेट भएका कृषिजन्य सामग्री उपभोग गर्न योग्य हुने भनिएको छ । दमक बजारमा परीक्षण गरिएका तरकारी तथा फलफूलमध्ये केरामा सबैभन्दा धेरै ३३.१६९ प्रतिशत अर्गानो फस्फेट रहेको पाइएको छ । यस भन्दा माथी ४५ प्रतिशतसम्म देखिएमा क्वारेण्टिन गर्ने अर्थात केही दिन यत्तिकै राख्ने, पर्खने र त्यसमा आएको परिवर्तनको मूल्यांकन गर्ने, यदि ४५ प्रतिशत भन्दा माथि अर्गानो फस्फेट भएमा त्यसलाई नष्ट पर्नुपर्ने हुन्छ । अर्थात ३५ प्रतिशतसम्मको बिषादी खाँदा त्यस्तो असर नहुने भनेर सरकारलेनै मापदण्ड तोकेको छ ।

यही मापदण्डको आधारमा दमकमा पनि परीक्षण गरिएको दमक नगरपालिकाकी खाद्य निरीक्षक लक्ष्मी न्यौपानेले बताउनु भयो । परीक्षणको रिपोर्ट अनुसार सबै तरकारीहरुमा औसतमा १० प्रतिशत भन्दा पनि कम आएकोले उपभोग गर्न योग्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले गोलभेडा, लट्टे साग, बैगुन, करेला, भिण्डी, बोडी, रायो साग, खरबुजा, काउली, आलु र केराको नमूना संकलन गरेर परीक्षण गरेको थियो । यी मध्ये काउली, खरबुजा, भिण्डी र करेला भारतबाट आयात गरिएका थिए । आलु बंगालादेशबाट आयात गरिएकोको नमूना संकलन गरि परीक्षण गरिएको थियो भने बाँकी अन्य मोरङ, सुनसरी, धनकुटा र इलामबाट ल्याइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि