कफी खेती

कफी खेतीको बारेमा पाख्रीबासमा पत्रकार सम्मेलन मार्फत प्रगति विवरण सार्वजनिक

 

 

 

धनकुटा  पाख्रिबास नगरपालिकाले सञ्चालन गरेको नमुना कफि खेती कार्यक्रमका विषयमा नगरवासीबाट नै विभिन्न टिका टिप्पणी विभिन्न सञ्चार माध्यम र पत्रपत्रिकामा आएपछि नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी कफी खेतीको अहिले सम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

पाख्रीबास नगरपालिकाले नमुना कफि खेती सञ्चालन गरेको पाख्रीबास न.पा.वडा नं.८ स्थित आम्रेडाँडा कफी पकेट क्षेत्रमा पत्रकार सम्मेलन गरी हालसम्म भएको काम र उपलब्धिको विषयमा जानकारी दिएको हो । हालसम्म नगरपालिकाले सुरु गरेको कफी पकेट क्षेत्र घोषणा गर्ने आधारहरू अध्ययन गर्नको लागि २ लाख, बिउ लगायत अन्य आवश्यक सामाग्री खरिद गर्नका लागि ५ लाख, बिरुवा उत्पादन गर्न ५ लाख, बिरुवा रोप्नका लागि ५ लाख र नमुना कफी खेतिमा छहारी व्यवस्थापनका लागि ५ लाख गरी २२ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएको छ ।

त्यस्तै नगर प्रमुख वृषबहादुर राईले ३ लाख पचास हजार रुपैयाँको जग्गामा कफी प्रशोधन केन्द्र र हाई टेक नर्सरी निमार्णका लागि नगरपालिकाको नाममा जग्गा पास गरेर दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै नमुना कफी खेती विकासका लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरे पनि कतैबाट जग्गा प्राप्ति नभएपछि नगर प्रमुख राईले आफ्नै नाममा रहेको ६० रोपनी जग्गा ७ वर्षको लागि निःशुल्क उपलब्ध गराएको जानकारी दिए । उनले ७ वर्ष पछि भने कुल आम्दानीको १५ प्रतिशत आफूले पाउने गरी उक्त जग्गा उपलब्ध गराएको बताएका छन् । उक्त नमुना कफि विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट विशेष अनुदान अन्तर्गत आ.व.०७८/०७९ मा १ करोड रुपैयाँ आएको समेत पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रदेश सरकारबाट विनियोजन गरिएको १ करोड बजेटले पाख्रिबास नगरपालिका वडा नं.८ आम्रेडाँडामा रहेको कफी प्रशोधन केन्द्र र कफी पकेट क्षेत्रसम्म जाने पहुँच मार्ग, हाइटेक नर्सरी, प्रशोधन केन्द्रमा भण्डारण गर्ने, पखाल्ने र सुकाउने आदी निर्माणमा खर्च गरिएको बताए । सो अवसरमा पाख्रीबास कृषि÷कफी शाखाका संयोजक अमर राईले आफू समायोजन भएर नवलपरासीबाट धनकुटा आएपछि पाख्रिबास नगरपालिकाको कृषि शाखामा काम गरेको बताए । उनले कृषि शाखामा आए देखी कफी शाखाका जिम्मेवारी सम्हालेको बताए । राईले आफूले कृषि शाखाको अन्य प्राविधिक साथीहरूसँग कफी खेतीको बारेमा भने जस्तो समन्वय गर्न नसक्दा केही कुराहरूमा गलत बुझाई भएर बाहिर गएको स्विकारेका छन् ।

कृषि कर्मलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै आम नागरिकलाई कृषि कार्यमा उत्पेरीत गर्ने उद्देश्यले पाख्रीबास नगरपालिकाले कफी पकेट क्षेत्र नै घोषणा गरेर  कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाख्रीबास नगरपालिकाका नगर प्रमुख वृषबहादुर राईले १ लाख, ५० हजार कफीको बिरुवा अहिले पनि नर्सरीमा रहेको  बताए । उनले नगरभित्रका जो कोहीले पनि  कफीको बिरुवा खरिद गर्दा १ हजार भन्दा बढी बिरुवा लानेलाई प्रति बिरुवा ६ रुपैयाँ, ५ सय देखी १ हजारसम्म बिरुवा लानेलाई प्रति बिरुवा ८ रुपैयाँको दरले दिने ५ सय भन्दा कम बिरुवा लानेलाई प्रति बोट १० रुपैयाँ गोटाले बिक्री गर्ने र ढुवानी पनि गरी दिने बताए । सो अवसरमा उनले पाख्रीबास नगरपालिकाको सुख्खा ग्रस्त क्षेत्रको पहिचान गरी त्यस्ता जमिनको सदुपयोग गरेर आमनगरबासीलाई जीवका पार्जनको आधार बनाउन कफी खेती पकेट क्षेत्र कार्यक्रम लागु गरिएको बताए । उनले सो अवसरमा पाख्रिबास नगर क्षेत्रको विभिन्न १० वटा वडा भित्र साढे ४ हजार हेक्टर जमिनमा कफी खेती गर्न सकिने पनि स्पष्ट पारे । जस मध्ये सबै भन्दा बढी कफी खेतीको विस्तार पाख्रीबास नगरपालिकाको वडा नं.८ मा गरिएको पनि प्रमुख राईले स्पष्ट पारेका छन् ।

त्यस्तै नगरपालिका देखि बाहेक जसले लगे पनि प्रति बिरुवा २० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिइएको छ । सरकारी रेटमा कफीको प्रति बिरुवा ३० रुपैयाँ रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा उप प्रमुख देवकला तिम्सिना पौडेल, कृषि अभियान्ता जीवन प्रसाद राई लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पाख्रीबास नगरपालिका वडा नंं.८ का वडाध्यक्ष सीताराम राईले गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो