कफी खेती

कफी खेतीको बारेमा पाख्रीबासमा पत्रकार सम्मेलन मार्फत प्रगति विवरण सार्वजनिक

 

 

 

धनकुटा  पाख्रिबास नगरपालिकाले सञ्चालन गरेको नमुना कफि खेती कार्यक्रमका विषयमा नगरवासीबाट नै विभिन्न टिका टिप्पणी विभिन्न सञ्चार माध्यम र पत्रपत्रिकामा आएपछि नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी कफी खेतीको अहिले सम्मको प्रगति विवरण सार्वजनिक गरेको छ ।

पाख्रीबास नगरपालिकाले नमुना कफि खेती सञ्चालन गरेको पाख्रीबास न.पा.वडा नं.८ स्थित आम्रेडाँडा कफी पकेट क्षेत्रमा पत्रकार सम्मेलन गरी हालसम्म भएको काम र उपलब्धिको विषयमा जानकारी दिएको हो । हालसम्म नगरपालिकाले सुरु गरेको कफी पकेट क्षेत्र घोषणा गर्ने आधारहरू अध्ययन गर्नको लागि २ लाख, बिउ लगायत अन्य आवश्यक सामाग्री खरिद गर्नका लागि ५ लाख, बिरुवा उत्पादन गर्न ५ लाख, बिरुवा रोप्नका लागि ५ लाख र नमुना कफी खेतिमा छहारी व्यवस्थापनका लागि ५ लाख गरी २२ लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिएको छ ।

त्यस्तै नगर प्रमुख वृषबहादुर राईले ३ लाख पचास हजार रुपैयाँको जग्गामा कफी प्रशोधन केन्द्र र हाई टेक नर्सरी निमार्णका लागि नगरपालिकाको नाममा जग्गा पास गरेर दिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै नमुना कफी खेती विकासका लागि जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरे पनि कतैबाट जग्गा प्राप्ति नभएपछि नगर प्रमुख राईले आफ्नै नाममा रहेको ६० रोपनी जग्गा ७ वर्षको लागि निःशुल्क उपलब्ध गराएको जानकारी दिए । उनले ७ वर्ष पछि भने कुल आम्दानीको १५ प्रतिशत आफूले पाउने गरी उक्त जग्गा उपलब्ध गराएको बताएका छन् । उक्त नमुना कफि विकास कार्यक्रमका लागि प्रदेश सरकारबाट विशेष अनुदान अन्तर्गत आ.व.०७८/०७९ मा १ करोड रुपैयाँ आएको समेत पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रदेश सरकारबाट विनियोजन गरिएको १ करोड बजेटले पाख्रिबास नगरपालिका वडा नं.८ आम्रेडाँडामा रहेको कफी प्रशोधन केन्द्र र कफी पकेट क्षेत्रसम्म जाने पहुँच मार्ग, हाइटेक नर्सरी, प्रशोधन केन्द्रमा भण्डारण गर्ने, पखाल्ने र सुकाउने आदी निर्माणमा खर्च गरिएको बताए । सो अवसरमा पाख्रीबास कृषि÷कफी शाखाका संयोजक अमर राईले आफू समायोजन भएर नवलपरासीबाट धनकुटा आएपछि पाख्रिबास नगरपालिकाको कृषि शाखामा काम गरेको बताए । उनले कृषि शाखामा आए देखी कफी शाखाका जिम्मेवारी सम्हालेको बताए । राईले आफूले कृषि शाखाको अन्य प्राविधिक साथीहरूसँग कफी खेतीको बारेमा भने जस्तो समन्वय गर्न नसक्दा केही कुराहरूमा गलत बुझाई भएर बाहिर गएको स्विकारेका छन् ।

कृषि कर्मलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै आम नागरिकलाई कृषि कार्यमा उत्पेरीत गर्ने उद्देश्यले पाख्रीबास नगरपालिकाले कफी पकेट क्षेत्र नै घोषणा गरेर  कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाख्रीबास नगरपालिकाका नगर प्रमुख वृषबहादुर राईले १ लाख, ५० हजार कफीको बिरुवा अहिले पनि नर्सरीमा रहेको  बताए । उनले नगरभित्रका जो कोहीले पनि  कफीको बिरुवा खरिद गर्दा १ हजार भन्दा बढी बिरुवा लानेलाई प्रति बिरुवा ६ रुपैयाँ, ५ सय देखी १ हजारसम्म बिरुवा लानेलाई प्रति बिरुवा ८ रुपैयाँको दरले दिने ५ सय भन्दा कम बिरुवा लानेलाई प्रति बोट १० रुपैयाँ गोटाले बिक्री गर्ने र ढुवानी पनि गरी दिने बताए । सो अवसरमा उनले पाख्रीबास नगरपालिकाको सुख्खा ग्रस्त क्षेत्रको पहिचान गरी त्यस्ता जमिनको सदुपयोग गरेर आमनगरबासीलाई जीवका पार्जनको आधार बनाउन कफी खेती पकेट क्षेत्र कार्यक्रम लागु गरिएको बताए । उनले सो अवसरमा पाख्रिबास नगर क्षेत्रको विभिन्न १० वटा वडा भित्र साढे ४ हजार हेक्टर जमिनमा कफी खेती गर्न सकिने पनि स्पष्ट पारे । जस मध्ये सबै भन्दा बढी कफी खेतीको विस्तार पाख्रीबास नगरपालिकाको वडा नं.८ मा गरिएको पनि प्रमुख राईले स्पष्ट पारेका छन् ।

त्यस्तै नगरपालिका देखि बाहेक जसले लगे पनि प्रति बिरुवा २० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिइएको छ । सरकारी रेटमा कफीको प्रति बिरुवा ३० रुपैयाँ रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा उप प्रमुख देवकला तिम्सिना पौडेल, कृषि अभियान्ता जीवन प्रसाद राई लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पाख्रीबास नगरपालिका वडा नंं.८ का वडाध्यक्ष सीताराम राईले गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले