सेवाग्राहीलाई सजिलो, अस्पताललाई अप्ठेरो

दमक अस्पतालले २९ करोड बढी बीमाको रकम अझै पाएन

प्रतिकुल प्ररिस्थितिमा पनि १४ करोड बढीको आय

दमक, २४ चैत / केन्द्रीय अस्पताल सरह स्वास्थ्य बीमा सञ्चालित दमक नगरको स्वामित्वको दमक अस्पतालमा दैनिक १ हजार बढी विरामी आउने गरेको र त्यसमध्येमा ९५ प्रतिशत बीमा कार्यक्रममा जोडिएकाहरु छन् । तर तर बीमाको दावी भुक्तानी समयमा नहँुदा त्यस बराबरको दायित्व बढेको बढेकै देखिएको छ ।

 

शनिबार दमक अस्पतालले सर्वदलीय भेला गर्दै अस्पतालको वर्तमान अवस्थाबारेमा अवगत गराउँदा सो कुरा पनि उल्लेख भएको देखिएको छ ।
अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले सार्वजनिक गर्नु भएको फेहरिस्तको स्लाईडमा दमक अस्पतालले २०८१ को चैत २२ गते सम्ममा २९ करोड २९ लाख बढी रकम भूक्तानी पाउँन देखिएको छ । भुक्तानी हुनुपर्ने रकम बीमा वोर्डले समयमा नपठाइदिँदा अस्पतालले आफ्‌नो सेवाको काम तदारुकताका साथ गर्न नसकेको निचोड पनि डा. घिमिरेको प्रस्तुतिमा थियो ।

 

यस्तै, अस्पतालले यस्तो प्रतिकुल अवस्थामा पनि बिरामीलाई अधिकतम् सुविधा दिएर १४ करोड बढीको आम्दानी गरेको छ । यसमध्ये ८ करोड ८२ लाख बढी रकम बचत समेत गर्न सकेको डा. घिमिरेले प्रस्तुत गर्नु भएको तथ्यांकमा उल्लेख छ ।

 

अस्पतालको आन्तरिक श्रोतबाटै अहिले यहाँ बिभिन्न सेवाहरु विस्तार भइरहेको पनि छ । लामो समयअघिबाट स्वास्थ्य चौकीका रुपमा स्थापना भएर २०७३ मा १५ शैयाको नगर अस्पतालका रुपमा दमक अस्पतालले फड्को मारेको छ । आफ्‌नो स्वामित्वको १९ कठ्ठा जग्गाको पेरिफेरिमा संघीय सरकारको सहयोगमा भवन निर्माण भएपनि अत्याधुनिक भवनको आवश्यकता भनें परिपूर्ति हुन बाँकी नै छ ।

 

विरामीको चाप बढेको अवस्थामा पालोलाई व्यवस्थित गर्न विद्युतीय टोकन प्रणाली राखिएको छ । विरामीको सहजताकालागि लिफ्‌ट सहितको सुविधामा मेडिकल ग्यास पाइपलाइन प्रणाली तथा मोडुलर अप्रेसन थिएटरमार्फत ल्याप्रोस्कोपिक शल्यक्रिया, मेजर शल्यक्रिया अनि गुणस्तरीय ल्याब सेवाले अस्पताललाई थप प्रभावकारी र भरपर्दो बनाएको छ । दैनिक भिडियो एक्सरे सेवा लिन आउनेको संख्या दैनिक १ सय ५० भन्दा बढी छ । साथै छ मृतकको पोष्टमार्टम सेवा पनि । यहाँ उपलब्ध रहेको छ ।

 

यसलाई यति भरपर्दो सेवा प्रवाहमा २० जना एमडी, १७ जना एमबीबीएस डक्टर, ३५ जना नर्स तथा कर्मचारीहरु समेत १ सय ७० जनाको टिम लागिपरेको छ । यो टिमले दैनिक विहान ७ बजेबाट बेलुका ५ बजेसम्म ओपीडी सेवा र चौबिसै घण्टा विशेषज्ञ सेवामार्फत दमक अस्पतालको उचाई निकै बढाएको छ । यसमा जनरल मेडिसिन, इन्टरनल मेडिसिन, शल्यक्रिया, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक, कान घाँटी, दन्त रोग, मानसिक रोग, रेडियोलोजी सम्बन्धिको विशेषज्ञ सेवा प्रवाहमा अस्पताल प्रशासनको व्यवस्थापन सक्रिय छ । फार्मेसी र काउन्टर व्यवस्थापन खर्च अस्पताल आफैंले व्यहोरिइरहेको छ ।

 

यसको सेवालाई थप प्रभाकारी बनाउन संघीय सरकारसँग बिभिन्न नयाँ कार्यक्रम र उपकरणका लागि पहल भइरहेको सो अवसरमा बोल्दै नगर प्रुमख रामकुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईंले उल्लेख गर्नुभयो ।

 

सामाजिक उत्तरदायिकत्वसँग जोडिएको यस कार्यक्रम अन्तर्गत ‘जहाँ ज्येष्ठ, त्यहाँ अस्पताल’ कार्यक्रम छ । ९० वर्षमाथिका ज्येष्ठ नागरिक र अरुको सहारामा मात्र जीवन चल्ने अवस्थाका ‘क’ वर्गका अपाङ्गता भएकाहरुका लागि प्रत्येक ३ महिनामा घरमै गएर अवस्था बुझ्‌ने, स्वस्थ रहने उपाय सुझाउनेसहित स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । विरामीको चापलाई मध्यनजर गर्दै समय र आवश्यकता अनुरुप सेवा बृद्धि गरेर निकट भविष्यमै ५० शैयासम्मको अस्पताल निर्माण गर्नुपर्ने आवश्यकतामा नगरपालिका कार्यालयको पछिल्लो नगरसभाले निर्णय गरेर संघीय सरकारमा योजना पेस गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि