जनआन्दोलन दिवस विरुद्धको यो प्रदर्शन शान्तिपूर्ण होला ?

राप्रपाले राजतन्त्रको पक्षमा आज बल्खुमा प्रदर्शन गर्दै

आमसभा शान्तिपूर्ण बनाउने, घुसपैठ भए प्रतिकार गर्ने प्रवक्ता श्रेष्ठको भनाई ।

 

काठमाडौँ, २६ चैत / चैत १५ मा राजावादीको प्रदर्शनमा भड्किएको हिंसाको घटनाको समीक्षा गर्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रकै पक्षमा काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने भएको छ । जुन प्रदर्शन राजावादी पञ्चायती व्यवस्था फ्याकेको दिवसका रुपमा मनाइने जनआन्दोलन दिवसको विरुद्ध समेतको प्रदर्शन हो ।

 

राप्रपाको मंगलबारको प्रदर्शन शान्तिपूर्ण नहुन सक्ने बुझाइकै साथ स्थानीय प्रशासनले पार्टीले माग गरेको भृकुटीमण्डपमा अन्य समूहका कार्यक्रमहरु चलिरहेकाले सुरक्षा संवेदनशीलताका कारण त्यहाँ कार्यक्रम गर्न अनुमति नदिइ सिफल वा बल्खुमा कार्यक्रम गर्ने अनुमति दिएको छ । राप्रपाले भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी चैत २२ मै प्रशासनलाई इमेल पठाएको थियो । भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रमहरू लगायत पूर्व निर्धारित कार्यक्रमहरू) पनि भइरहेकाले अनुमति दिन नसकिएको प्रशासनको भनाइ छ ।

 

 

चैत १५ को घटनाको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले राजतन्त्र फर्काउने अभियानस्वरुप सो बेलाको आयोजकमध्येको नवराज सुवेदी नेतृत्वको समूहको समेत सहभागिता रहने भएको छ । सुवेदी संयोजक रहेको समितिका कार्यवाहक संयोजक जगमान गुरुङले राप्रपाको प्रदर्शनमा आफूहरूको साथ रहने बताउँदै राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा कार्यक्रममा सहभागी हुन आह्वान गरिसक्नु भएको छ ।

 

‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी गतिविधि अघि बढाएको राप्रपाले ‘नवीन समझदारी’का लागि भन्दै गर्न लागेको बागमती प्रदेशस्तरीय प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्ने चुनौती रहेको छ । चैत १५ को मूल आयोजक राप्रपा नभएको परिस्थितिमा भएको घटनालाई चिर्न राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्दै उदाहरणीय दलको रूपमा उभ्याउन योजना बनाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताउनु भयो ।

 

 

घुसपैठ भए आफैं प्रतिकार गर्ने
सोमबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बल्खुमा हुने आमसभालाई शान्तिपूर्ण बनाउन हजारौँ स्वयंसेवक खटाउने र आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जनाउनु भयो ।

 

 

चैत १५ मा वर्तमान व्यवस्थाविरोधी राजावादी समूहले राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बन्न पुग्यो । जसको मूल आयोजक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियान भए पनि त्यसमा बलियो साथ नवराज सुवेदी नेतृत्वको राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको थियो । साथसाथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित अन्य राजावादी समूहको समेत साथ रहेको थियो । सो प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान जानुका साथै तोडफोड, आगजनी र लुटपाटका घटना समेत भएर शान्ति भड्किएको थियो ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य