प्रदूषण बढेको बढ्यै

काठमाडौं विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा उक्लियो

अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव

दमक, २६ चैत / सर्वत्र धुलो र धुँवा । जलवायु परिवर्तनपछिको पर्यावरण असन्तुलनले प्राणी तथा बनस्पतिलाई ठूलो असर पुर्याइरहेको परिप्रेक्ष्यमा नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये पहिलो नम्बरमा परेको छ ।

 

वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले आज बिहान गरेको मापनअनुसार दैनिक प्रदूषण बढ्दै गएर काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ ।

 

नेपाल पछि बढी प्रदूषण हुने दोस्रो नम्बरमा भारतको दिल्ली (१७९), भियतनामको हनोइ (१७७) तेस्रो तथा पाकिस्तानको लाहोर (१७२) चौथो स्थानमा छन् ।

 

मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । दुई दिन अघि काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको थियो ।

 

 

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

 

 

मौसमविद् शान्ति कँडेलले वायु प्रदूषणका कारण काठमाडौं उपत्यकाको आकाशमा लागेको बादल पूर्णरुपमा फाट्न अझै केही दिन लाग्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य