सिरहा, २६ चैत / जंगली जनावरबाट बालीनाली जोगाउने नाममा थापिएको विद्युतीय पासो कति खतरनाक हुन्छ भन्ने कुरा सिरहामा एक बालिकाको ज्यान गएको घटनाले पुष्टि गरेको छ ।
जंगली जनावरबाट मकैबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर सिरहाको गोलबजार नगरपालिका ९, गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको छ । घाँस काट्न गएकी खातुनको विद्युतीय धरापमा परेर करेन्ट लागी ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।
धराप थापेको आरोपमा प्रहरीले गोलबजार ९, गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।









