१४ वर्षीय बालकले गरे ९ वर्षीया बालिकामाथि जबरजस्ती

बालकलाई अनुसन्धानका लागि इप्रका रंगेलीको बाल निगरानी कक्षमा राखिएको

पथरी, २६ चैत/ मानिसहरुमा विकृत मानसिकता बढ्दो छ । विभिन्नखाले अश्लिल सामग्रीका भिडियोहरु समेत हेर्न पाउँने प्रविधिले विशेषगरी बालबालिकालाई विकृत मानसिकतातर्फ धकेल्दै लगेको छ ।

यस्तै विकृतिको उपजका रुपमा मोरङको धनपालथान गाउँपालिकामा १४ वर्षीय बालकले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएको छ ।

धनपालथान ४ हरकपुर बस्ने १४ वर्षीय बालकले सोही ठाउँ बस्ने ९ वर्षीया बालिकालाई बालिकाको घरमा गएर जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेपछि ती बालकलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ । कोही नभएको मौका पारी बालिकालाई घरको दलानमा सुताई मुखथुनी जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

बालकलाई अनुसन्धानका लागि इप्रका रंगेलीको बाल निगरानी कक्षमा राखिएको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य