नेकपा एमाले उर्लाबारीको नगर अधिवेशन सुरु

भारतदेखिको सिकाई सेवक भएर पार्टीमा लगाउने योजनामा निरज

अध्यक्षमा पाँचजना आकांक्षी

उर्लाबारी, २६ चैत / नेकपा एमाले उर्लाबारी नगर कमिटी मोरङको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिनेमध्ये निरज तिम्सिनाले भारत प्रवासदेखिको पार्टीमा आफ्‌नो सक्रियतालाई नगरमा लगाएर शुद्धीकरण गर्दै पार्टी मजबुत बनाउने आफ्‌नो योजना रहेको बताउनु भएको छ ।

 

नगर अधिवेशन मंगलबारबाट सुरु भएको छ । तिम्सिनाले भारत प्रवासदेखि लामै समय अघिबाट राजनीतिक यात्रा सुरु भएको र निरन्तर आफू पार्टी काममा सक्रिय रहेकाले अबको नगर अध्यक्षमा आफ्‌नो दाबी रहेको जिकिर गर्नुभएको छ । ‘अहिले पार्टीलाई संगठनात्मक रूपले मजबुत बनाउन, शुद्धिकरणको अभियानलाई अघि बढाउन र नेतृत्वमा स्थायित्व ल्याउन मैले यो निर्णय लिएको हुँ ।’ तिम्सिनाले भन्नुभयो ।
आफूले पार्टीमा सबैभन्दा पहिले सांगठनिक अनुशासन र पारदर्शितामा जोड दिने बताउँदै पार्टीभित्र सहकार्य, छलफल र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउने उहाँले आफ्‌नो दृढता व्यक्त गर्नुभयो । उहाँ थप्नुहुन्छ ‘युवा कार्यकर्तालाई जिम्मेवारीमा ल्याएर नेतृत्वको नयाँ पुस्ता तयार गर्न चाहन्छु ।’

 


उहाँका समर्थकहरूले अनुभव, त्याग र स्पष्ट दृष्टिकोण भएको उम्मेदवारका रुपमा तिम्सिनालाई लिएका छन् । आफू निष्ठा, समर्पण र संगठनप्रतिको प्रेममा अडिग रहेको उहाँ ठान्नु हुन्छ । आफूले सधैं पार्टीलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता राख्ने गरेको सुनाउनु भयो ।

 

उर्लाबारीमा अहिले एमालेभित्र आन्तरिक प्रतिस्पर्धा तीव्र देखिएको अवस्थामा तपाईंले कसरी एकता कायम राख्न सक्नुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ‘प्रतिस्पर्धा स्वाभाविक हो, तर टकराव होइन । म विश्वास गर्छु— सबै कार्यकर्ता एउटै लक्ष्यका लागि छन् । मेरो नेतृत्वमा हामी सबैलाई समेटेर लैजाने प्रयास हुनेछ । छलफल, संवाद र सहकार्य नै एकताको मूल मन्त्र हो ।’
उहाँले आफू नेता नभई सेवक बन्न चाहेको धारणा राख्नु भएको छ ।

 

अध्यक्षमा ५ आकांक्षी
अध्यक्ष पदका लागि उर्लाबारी ७ का तिम्सिनाकासाथै मेघराज श्रीपाली, उर्लाबारी १ का गोपाल रिमाल, उर्लाबारी ९ का सुरेन्द्र शेर्मा र उर्लाबारी ४ का यम न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शेरबहादुर भण्डारी, सुरेश शाक्य, योगराज लाबुङ लिम्बु, खेमचन्द्र थापा र भरत मणि गौतमले दाबी गर्नुभएको छ ।

 

सचिवमा चेतन सिग्देल, इन्द्रबहादुर भट्टराई र सुनिल धिमाल, उपसचिव द्वय पदमा अमृता नेपाली, रुद्र लामिछाने, छविलाल दाहाल, नित्तम चौहान र कल्पना नाल्बोले आफ्‌नो उम्मेदवारी घोषणा गर्नुभएको छ । लेखा समिति संयोजकमा उर्लाबारी ४ का दुर्गाराम कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

 

निर्वाचनलाई सर्वसहमत बनाउन पार्टीको नेतृत्व पंक्ति लागि परेको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले जनाउनुभयो । उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाउँदै आफ्ना एजेण्डा प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिहरू अनुभवी र काम गर्न सक्ने नेतृत्वको पक्षमा मतदान गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

 

नगर कमिटीमा जाने प्रतिनिधिहरूको छनोट वडागत भूगोल तथा क्लस्टर प्रतिनिधित्वका आधारमा भइरहेको छ। निर्वाचनको सम्पूर्ण कार्यक्रम चैत २६ गते सम्पन्न हुनेछ भने मतदान चैत २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

 

 

निर्वाचन प्रमुख तथा प्रदेश कमिटी सदस्य भीष्मा रेग्मीका अनुसार हालसम्म उर्लाबारी नगर भित्र नवीकरण गरिएका १,०८० जना संगठित सदस्यहरूमध्येबाट २०४ जना प्रतिनिधिहरू चयन गरिएका छन् । यी प्रतिनिधिहरूले आगामी नेतृत्व चयन गर्नेछन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य