झापा, मोरङ र सुनसरीमा ३ महिलाको शव फेला

अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको

दमक, २६ चैत/  दिन दिनै मानिसहरु रहस्यमय रुपमा मृत भेटिने क्रम बढेको छ । अझ महिलाहरु मृत भेटिनु मानवअधिकारको सवालबाट झन संवेदनशील मानिन्छ । यसक्रममा झापा, मोरङ र सुनसरीमा ३ महिलाको शव फेला परेको छ ।

 

झापाको अर्जुनधारा नगरपालिका १ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयले सो वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जनाउनु भयो । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएको अवस्था थियो ।

 

उता, सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र पनि अर्धनग्न अवस्थामा अन्दाजी ३० वर्षीय महिलाको शव फेला परेको छ । वनमा तत्काल नामथर वतन नखुलेको महिला लसुनेको रुखमा हाते झोलाको फित्ता घाँटीमा बेरिएको अवस्थामा मृत भेटिएकी हुन् । उनको अनुहारमा निलडाम देखिएको छ भने शरीरको तल्लो भाग नाङ्गो अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

 

यता, मोरङको विराटनगरस्थित बसपार्कमा रहेको सार्वजनिक शौचालयको छेउमा एक महिला मृत फेला परेकी छन् । मागी खाई हिड्ने अन्दाजी ६० वर्षकी नाम, थर, वतन नखुलेकी महिला मृत फेला परेकी हुन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य