सृजनामा जाग्दो चुलाचुली

बैशाख १८ र १९ मा चुलाचुली साहित्य उत्सव

चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग समेत जोड्ने उत्सवको लक्ष्य

दमक, २९ चैत / सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते ‘चुलाचुली साहित्य उत्सव २०८२’ को आयोजना हुने भएको छ ।

 

चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’को आयोजनामा चुलाचुली ५ चपेटीस्थित भञ्ज्याङ एग्रो टुरिजममा उत्सव हुने भएको हो । चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग जोड्ने उत्सवको लक्ष्य समेत रहेको समितिका अध्यक्ष विवश बलिभद्र कोइरालाले जनाउनु भयो ।

 

उत्सवमा कोशी प्रदेशका सर्जकलाई प्रतिनिधिमूलक सहभागिता गराइने छ । उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना हुनेछ । सोही दिन ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको योगदान विषयक बहस समेत हुनेछ । दोस्रो दिन ‘हाम्रो सिर्जना : स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत हुनेछन् । ‘प्रतिनिधिमूलक रचना वाचन’का साथै ‘चुलाचुलीमा नाटक : हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रम समेत हुने अध्यक्ष कोइरालाले उल्लेख गर्नुभयो । सो अवसरमा सांगीतिक प्रस्तुति समेत हुनेछन् ।

 

चुलाचुली क्षेत्रको सृजना प्रवद्र्धनका लागि गाउँपालिकाले वर्षेनी कार्यक्रममा आर्थिक व्यवस्थापन गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य