लोकतन्त्रका पक्षमा जागरणसभा

पूर्वराजा र राजावादीहरुलाई नसल्बलाउन प्रधानमन्त्री ओलीको चेतावनी

जनतालाई दास बनाउने राजतन्त्र ल्याउन जनताको साथ छैन जनतालाई  देशको मालिक बनाउने लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनलहर छ । तर, यसका विरुद्धमा अफवाह फैलाइएकोले अहिले देशव्यापी रुपमा जनजागरणसभा गर्न आवश्यक परेको हो "

दमक, ३० चैत ।  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा र राजावादीहरुलाई नसल्बलाउन चेतावनी दिनुभएको छ ।

झापाको दमकमा एमाले कोशी प्रदेशले आयोजना गरेको बृहत जनजागरणसभालाई सम्बोधन गर्दै ओलीले जनताले मिल्काएर फ्याँकेको रस्यानमा पुगेको राजतन्त्र फेरी फर्काउछु भन्नेहरुको पृष्ठभूमि बुझ्‌न अनुरोध गर्नुभयो ।

दुर्गा प्रसाईप्रति  इङ्गित गर्दै  ओलीले भन्नुभयो-  “बैंकको ऋण खाने र तिर्नै पर्दैन भन्दै अफाjह फैलाउनेहहरु, चैत १५ गते काठमाडौको तिनकुनेमा प्रर्दशनका नाममा हिंसा,  लुटपाट र डकैती गर्नेहरु छन्। अनि उनीहरुले राजा फर्काउने अरे, यस्तैका कुरामा ज्ञानेन्द्र शाह पनि विश्वास गरेर सल्बल्याउन थालेका छन् । ”

दमकमा आयोजित जनजागरण सभाका सहभागीहरु

“जनतालाई दास बनाउने राजतन्त्र ल्याउन जनताको साथ छैन जनतालाई  देशको मालीक बनाउने लोकतान्त्रीक गणतन्त्रको पक्षमा जनलहर छ । तर यसका विरुद्धमा अफवाह फैलाइएकोले अहिले देशव्यापी रुपमा जनजागरणसभा गर्न आवश्यक परेको हो ” ओलीले प्रस्ट्याउनु भयो ।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारको जस लिदै प्रधानमन्त्री ओलीले भन्नु भयो नेकपा एमालेले सरकारमा पुग्यो भने जनताकालागी काम गर्छ ।

जनताको समस्या र दुखमा साथ दिन्छ भन्दै अहिले पनि आफुहरु जनताकै मुद्धामा गतिशिल भएर काम गरिरहेको दावि गर्नु भयो । पूर्वाधार, शिक्षा, स्वास्थ्य जस्ता कुरामा एमालेको नेत्वमा भएका बेला कायापलट ढंगले विकास भएको उहाँको दावि छ ।

ज्ञानेन्द्र शाहलाई कानुनी कठघरामा ल्याउँ : नेता राई

सभालाई सम्बोधन गर्नुहुँदै एमाले स्थायी कमिटी सदस्य शेरधन राई

कार्यक्रममा बोल्दै कोशी प्रदेशका सस्थापक मुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश इन्चार्ज एंव स्थायी कमिटी सदस्य शेरधर राईले पुर्वराजा ज्ञानेन्द्र साहलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताउनु भयो ।

गत चैत १५ गते काठमाडौमा भएको हिंसात्मक घटनालाइ इङिद गर्दै पुर्व राजालाई कार्वाही गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको हो ।

सर्वसाधारणलाई जलाउने, हत्या गर्ने , लुट्पाट गर्ने र हिंसा फैलाउने भन्दै त्यस दिनको कार्यक्रमको कमान्डर दुर्गा प्रसाईंलाई  मात्र पक्राउ गर्ने हैन यसका मुख्य नाईके पुर्व राजा शाहलाई नै कानुनी कठघरामामा ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो ।

२०८४ पछि पनि यही सरकार : मुख्यमन्त्री कार्की

 संवोधनका क्रममा मुख्यमन्त्री हिकमतकुमार कार्की

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले वर्तमान सरकार ०८४ सालको निर्वाचन पछिपनि निरन्तर चल्ने बताउनु भएको थियो ।

वर्तमान गठबन्धन र साझेदार दलहरुले देश र जनताको हितमा काम गरेको दावी गर्दै यो सरकार निरन्तर रहने बताउनुभएको हो ।

 

सरकारको नेतृत्वमा रहेको दलको भिजन र मिसन देशमा बिकास र समृद्धि ल्याउने रहेकोले जनताले यस्तै सरकार रहोस भन्ने चाहेको बताउदै उहाले सरकारले गरेका कामको फेहरिस्त समेत सुनाउनुभयो ।

भिडियोमा हेर्नुहोस ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको