वर्गिकरण र शुल्क निर्धारण अनिवार्य

दमकका निजी विद्यालयको वर्गिकरण र शुल्क निर्धारण अनिवार्यः भण्डारी

यदि यसो गरिएन भने कसले कति र के का आधारमा शुल्क लिएका हुन् भन्ने कुराको पारदर्शिता नहुने

दमक, ४ बैशाख  ।  दमक नगरपालिकाले यहाँ रहेका निजि विद्यालयको वर्गिकरण गरेको सुची र शुल्क समेत तोकेर  विवरण सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो ।

 

 

खासगरी बिभिन्न राजनैतिक दल, सर्वसाधारण एवं अभिभावकहरुले शुल्क तोकेको विषयमा मनोमानी र बैज्ञानिक नभएको भन्दै विरोध गरेका थिए । त्यसपछि नगरप्रमुख रामकुमार थापाले सार्वजनिक भएको सो सुचि र शुल्क कार्यपालिकाको बैठकले पारित नगरेको र तत्काल कार्यान्वायन नगर्न भन्दै उर्दी जारी गर्नुभयो । तर, यसरी वर्गिकरण नगर्दा र शुल्क समेत नतोक्दा निजी विद्यालयहरको मनोमानी अझ बढ्न सक्ने तर्फ बिज्ञको सुझाव छ ।

दमकको पूर्व श्रोत व्यक्ति तथा ढुकुरपानी माविको प्रधानाध्यापकबाट एक महिना अघीमात्रै अवकास लिनु भएका शिक्षा चिन्तक कृण भण्डारीले विद्यालयको वर्गिकरण र शुल्क निर्धारण अनिवार्यनै रहेको बताउनु भएको छ ।उज्यालो खवरको सत्य संवाद कार्यक्रम बोल्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

 

 

आम नागरिकको विरोध विद्यालय वर्गिकरणमा नभएर शुल्क तोकीनुमा देखिएको बताउनु हुदै त्यसलाई बैज्ञानिक ढंगले समय सापेक्ष र अभिभावकको क्षमतालाई समेत मुल्यांकन गरि तोक्न उहाँले सुझाव दिनु भएको छ ।

 

 

विद्यालयको स्तर, दिएको सुविधा, विद्यार्थीमा भएको बृद्धिविकास लगायत कुरालाई मुल्यांकन गरी शुल्क वर्गिकरण गर्न र त्यसैका आधारमा सुल्क पनि तोकीदिन उहाँको सुझाव छ । यदी यसो गरिएन भने कसले कती र केका आधारमा शुल्क लिएका हुन भन्ने कुराको पारदर्शिता नहुने भएकोले निजी विद्यालयको थप गुणस्तर सुधार गर्न पनि यो काम गर्नै पर्ने उहाँको सुझाव छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको