इटहरी, ६ बैशाख / सुनसरी र सप्तरी जिल्लाको सिमानामा अवस्थित कोशी बाँध क्षेत्रमा लोपोन्मुख प्रजातिका गिद्धहरु देखिन थालेका छन् । दैनिक देखिने नौला गिद्धहरुको रमितलाग्दो दृष्यले स्थानीयलाई आकर्षण थपेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षसँग नजिक रहेको यस क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । अरुबेला नदेखिने नौला गिद्धहरु केही महिनादेखि कोशी बाँध आसपासका रूखमा झुण्डकै रुपमा देखिन थालेको स्थानीयवासी महेन्द्र यादवले जनाउनु भयो ।
लोपोन्मुख अवस्थामा रहेका गिद्धहरू पुनः यस क्षेत्रमा देखिनु जैविक सन्तुलनका लागि सकारात्मक संकेत भएको वातावरणविद्हरूको धारणा छ । उनीहरुले गिद्धहरूका लागि सुरक्षित बासस्थानको व्यवस्थापन र विषालु औषधि प्रयोगमा प्रतिबन्धजस्ता उपायमार्फत संरक्षणमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।









