आईसीसी यू–१९ विश्वकप एसिया छनोट

आईसीसी यू–१९ विश्वकपमा नेपालले खेल्न पाएन, आजको खेल रद्ध हुनु नै प्रमुख कारण

अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७–७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।

काठमाडौ, ६, बैशाख ।  आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ ।

आज विहान भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ।

समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए ।

अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७–७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको

दशैं कसैका लागि आर्थिक बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ,३१ असोज । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भयो । शनिबार सामाजिक

चाडपर्वमा उपहार र नगद नलिन नदिन रास्वपाको अपिल

काठमाडौं,३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको