आन्दोलनको प्रतिष्पर्धा

शिक्षक आन्दोलनको ठाउँ राप्रपाले खोस्यो

शिक्षकहरुले माइतीघर –बानेश्वर सडकमा १२ बजेबाट हुने आन्दोलनको समय फेरेर विहान ९ देखि १२ बजेसम्म बनाएका छन् ।

काठमाडौं, ७ बैशाख / राष्ट्रिय प्रजातन्त्र पार्टीले निषेधित क्षेत्र तोड्ने गरी आइतबार प्रदर्शनको तयारी गरेपछि शिक्षक सेवा ऐन जारीको माग गर्दै आन्दोलित शिक्षकहरुको आन्दोलनलाई असर पुगेर उनीहरुले आन्दोलनको समय फेरेका छन् ।

आइतबारदेखि शिक्षकहरुले बिहान ९ बजे नै माइतीघरमा प्रदर्शन सुरु गरेर १२ बजे सिध्याउने र राप्रपाका लागि सडक खाली गरिदिने भएका हुन् ।
आफूले १८ दिनदेखि ‘कब्जा’ गरिरहेको बबरमहलको सडक शिक्षकहरुले १९ औं दिनदेखि राजावादीलाई छाडिदिएको देखिन्छ ।

गत चैत २० देखि माइतघर–बानेश्वर सडकमा शिक्षकहरुले दिउँसो १२ देखि नियमित प्रदर्शन गर्दै आइरहेका थिए । राप्रपाले प्रदर्शनको तयारी गरेपछि शिक्षकहरु पछि हट्ने निर्णयमा पुगेका हुन् । पछिल्लो समय शिक्षक आन्दोलनमा देशैभरिका शिक्षकहरुको सहभागिता बढ्दै गएको छ ।

संस्थागत विद्यालयसमेत बन्द गरी आन्दोलनमा आउन आन्दोलनको नेतृत्व गरिरहेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर घिमिरेले पछिल्लो समयमा आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छलफल गरे पनि आन्दोलन जारी राखेका शिक्षकहरुले माग पूरा नभएसम्म पछि नहट्ने बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको

दशैं कसैका लागि आर्थिक बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ,३१ असोज । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भयो । शनिबार सामाजिक

चाडपर्वमा उपहार र नगद नलिन नदिन रास्वपाको अपिल

काठमाडौं,३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको