आम्दा अस्पतालमा मिर्गौलाको डाइलासिस सेवा सुरु

दमक, ८ बैशाख / झापाको दमकस्थित आम्दा अस्पतालमा मिर्गौला रोगीहरुको मिर्गौला डाइलासिस गर्ने कार्य आजबाट सुरु भएको छ ।

एक कार्यक्रमकाबीच सो अस्पताल व्यवस्थापन समिति अधयक्ष समेत रहनु भएका दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा डाइलासिस सेवाको सुरुवात भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले मिर्गौलाको समस्या हुनेहरु बढ्दो अवस्थामा रहेको बेला यसखाले डाइलासिसको व्यवस्था हुनु यस क्षेत्रका मानिसलाई ठूलो राहत मिल्ने बताउनु भयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिखर कट्टेलले अस्पतालको तर्फबाट नयाँ उपचार सेवाको कोशिस गरेको बताउनु भयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समिति सदस्य एवम् दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपालसहितका सामाजिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको

दशैं कसैका लागि आर्थिक बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ,३१ असोज । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भयो । शनिबार सामाजिक

चाडपर्वमा उपहार र नगद नलिन नदिन रास्वपाको अपिल

काठमाडौं,३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री