सहकारी ठगी प्रकरण

कोशीमा सहकारीको संकट टार्ने समिति नै आफैं संकटमा

समितिले मिलापत्र गराउन सक्ने कानुनी आधार नभएकाले समस्या भइरहेको अवस्था ।

विराटनगर, ९ बैशाख / कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति बनाएपनि मुद्धा मिलापत्र गराईदिन आउने पक्षसँग मुद्धा मिलापत्र गर्ने अधिकार समितिलाई नभएपछि उल्टै समितिनै समस्याग्रस्त बनेको छ ।

गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको नेतृत्वमा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन भएको थियो । इटहरीमा केन्द्रीय कार्यालय रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूलाई समितिले ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गर्‍यो । तर, ३ सयबढी ऋणिका लागि सूचना जारी गर्दा ८ जनाले मात्रै ऋण चुक्ता गर्न समितिको कार्यालयमा आए । त्यसरी आएकामध्ये २ जनाको मुद्दा सुनसरी जिल्ला अदालतमा चलिरहेको छ । उनीहरु ऋण तिर्न तयार रहेको तर अदालतको मुद्दा मिलापत्र गराइदिन समितिमा अनुरोध गरेका छन् ।

पछिल्लो पटक संशोधन गरिएको सहकारी ऐनमा त्यस्तो मुद्दामा मिलापत्र गर्ने उल्लेख छ । तर, फौजदारी संहितामा भने मिलापत्र गर्नका लागि जाहेरवाला र अभियुक्त दुवै सहमत हुनुपर्छ । अम्बे सहकारीका बचतकर्ता अर्थात् जाहेरवाला बचतकर्ताको संख्या १ हजार १ सय हाराहारी छ । समितिका अध्यक्ष भरतबहादुर थापाले मुद्दा चलेका ऋणीहरूले मुद्दा मिलापत्र गराउन निवेदन दिएको भएपनि मिलापत्र गराउन आफूहरूले सक्ने कानुनी आधार नभएकाले समस्या भइरहेको बताउनु भएको छ ।
सो सहकारीले ऋण लगानी ३६ करोड हाराहारी गरेको छ भने बचत फिर्ता गर्नुपर्ने रकम लगभग ३२ करोडजति मात्रै रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको

दशैं कसैका लागि आर्थिक बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ,३१ असोज । प्रधानमन्त्री बालेन शाहले बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नु भयो । शनिबार सामाजिक

चाडपर्वमा उपहार र नगद नलिन नदिन रास्वपाको अपिल

काठमाडौं,३१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादशैं तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद वा कुनै पनि प्रकारको

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको