दमक, ९ बैशाख / कनकाई नगरपालिका वडा नम्बर ८ घाघरा पुलस्थित पूर्वपश्चिम राजमार्गमा केर्खाबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्याङकरको ठक्करबाट एकजना साइकलयात्रीको ज्यान गएको छ ।
ना.७ प २९९७ नम्बरको ट्याङकरले सोही दिशा तर्फ साइकलमा यात्रारत अर्जुनधारा नगरपालिका ५ बस्ने अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटा (सापकोटा कल्याण केन्द सुरुङ्गाका पुजारी) लाई आज ठक्कर दिँदा उहाँको उपचारमा लानेक्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको उल्लेख छ ।









