बाह्रदशीमा कानुनी सचेतना

मुस्लिम महिलालाई घरबाहिर निस्कनै सकस, सन्थाल र राजवंशी समुदायमा बालविवाह व्याप्त

सचेतना अभियान सुरु भएको दुई दिनमै मुस्लिम र पिछडिएका समुदायका महिलाका अनगिन्ति पींडा छताछुल्ल भएका छन् ।

बाह्रदशी, १० वैशाख । न्यायिक समितिमा थुप्रिएका मुद्दाको चाङ र आफ्नो जिम्मेवारीमा रहेका अरु थुप्रै कामहरुलाई पन्छाएर बाह्रदशी गाउँपालिका उपाध्यक्ष शान्तादेबी शिवाकोटी खरेल मंगलवारदेखि पिछडिएका समुदायका महिलाको अवस्था वुझ्न निस्कनुभएको छ ।
यस क्रममा उहाँले मंगलवार वडा नम्बर १ को सिप्ता वस्तीका मुस्लिम महिलालाई गाउँमै पुगेर भुट्नुभयो ।

‘ सन्थाल, मुस्लिम, दलित तथा पिछडा वर्गका महिलालाई कानुनी सचेतना कार्यक्रम’को व्यानरमा प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहित केही कर्मचारीलाई साथ लिएर उहाँ पिछडिएका वस्ती वस्ती पुगिरहनुभएको छ ।

गाउँ कार्यपालिकाको खटनपटनमा छुट्याइएको सीमित वजेटका भरमा पिछडिएका समुदायको आँगनमै पुग्ने उपाध्यक्षको यो जमर्कोलाई कर्मचारीहरुले पनि खुलेरै साथ दिएका छन् । यसरी पिछडिएका समुदायका महिलाका समस्या वुझ्दै गाउँ पुग्नुभएकी खरेलले वुधवार वडा नम्बर २ मा जनता वजारका मुस्लिम महिलाको गुनासो सुन्नुभयो । यसअघि घरबाहिर निस्कनसमेत नपाइरहेका मुस्लिम महिलाहरु पनि न्यायिक समितिसमक्ष आफ्ना गुनासोका गाँठाहरु फुकाउन तम्तयार भएर कार्यक्रममा उपस्थित भएका थिए ।

तीव्र वजारीकरण हुँदै गरेको राजगढ बजार नजिकको यो मुस्लिम वस्तीका महिला वर्षौंदेखि ‘अधिकारविहिन’ अवस्थामा छन् । शिक्षा, स्वास्थ्यजस्ता मौलिक हकबाट वञ्चित हुनपरेकोमा उनीहरुलाई खासै गुनासो छैन । घरका पुरुषले चाहेजति श्रीमती भित्र्याउँदासमेत उजुरबाजुर गर्ने निकाय उनीहरुले अहिलेसम्म देखेका छैनन् । पालिका कार्यालय त के, वस्तीदेखि आधा किलोमिटर दूरिमा रहेको वडा कार्यालय पनि धेरैले देखेकै छैनन् । कार्यक्रममा उपस्थित हानेरुन खातुन भन्नुहुन्छ—‘ चार जना छोरा छन् । तिनको अहिलेसम्म नागरिकता बनेन । नागरिकता नै नहुँदा न विदेश जान पाए, न यतै कुनै काम पाउँछन् ।’

सचेतना अभियान सुरु भएको दुई दिनमै मुस्लिम र पिछडिएका समुदायका महिलाका अनगिन्ति पींडा छताछुल्ल भएका छन् । कतै बालविवाहका कारण छोरीचेलीको भविष्य अन्धकारमा डुबेको, वर्षेनि सन्तान जन्माउनुपर्दा धेरै महिलाको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको, अनि नियमित खोप लगाउन नपाउँदा कुपोषित बनेका बालबालिकाहरु मुस्लिम वस्तीका हृदयविदारक दृश्य हुन् । सन्थाल, राजवंशीजस्ता मूलबासी समुदायका महिला पनि लगभग यस्तै व्यथा सहिरहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको