विषादी रहित उत्पादनको अभियान

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।

दमक, १२, बैशाख / दमकका बजारमा रहेका तरकारीहरुको निरन्तर परिक्षण हुन थालेको छ । १५ दिन अघी मात्रै नमुना संकलन गरि परिक्षण गरिएको थियो । जस मध्ये केहिको रिपोर्ट कैफियत आएको थियो अर्थात खान आयोग्य समेतको रिपोर्ट आएको थियो । त्यसपछि फेरी गरिएको परिक्षणमा भने केहि सुधारीएको रिपोर्ट सार्वजनिक भएको छ ।

पछिल्लो पटकको रिपोर्ट अनुसार दमक बजारमा बेचिने तरकारी तथा फलफूलहरु खन योग्य भएको रिपोर्ट आएको छ । बिभिन्न १९ प्रकारका तरकारी तथा फलफूलको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट १० प्रशितशत भन्दा कम आएकोले खान योग्य रहेको दमक नगरपालिकाकी खाद्य निरिक्षक लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै दमक नगक क्षेत्रका किसानलाई कुनैपनि विषादीको प्रयोग नगरि उत्पादन गर्न अनुरोध गर्दै दमक नगरकाकी कृषि शाखा प्रमुख चन्दा भट्टराई भन्नु हुन्छ‘हामी विषादी रिहत उत्पादनको अभियानमा छौ । आवश्यक सहयोग नगरपालिकाले गर्छ तर बिषादीको प्रयोग नगरौ ।’

तरकारी, फलफूल तथा अन्य बाहिरि खाद्यन्नका कारण मानीसहरुमा बिभिन्न जटिल प्रकृतीका रोगहरु लाग्ने गरेको छ। यसबाट बच्न उपभोक्ता सचेतनानै हो । उपभोक्ता सचेतनाकालागी बजारमा पाइने तरकारी , फलफूल र अन्य खाद्यन्न सामाग्रीको सुद्धता महत्वपूर्ण भएकोले यसकाखोल निरिक्षण र परिक्षणलाई तदारुक्ता दिइएको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको