एचएमकाे सम्भावनाबारे छलफल

यस्ता छन् विदेशका तारे हाेटलमा लामाे समय सेफ बनेर फर्केकाहरूकाे अनुभव

चाँडै रोजगारीको अवसर पनि पाइने भएकाले बिद्यार्थीहरुको यसतर्फ आकर्षणसमेत बढ्दै गएको छ ।

दमक, १५ बैशाख  ।  झापाको दमकमा नेपालसहित अन्य देशहरुमा सेफहरुका अवस्था, अवसर, चुनौती र संभाबनाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दमकस्थित आस्था कलेज अन्तर्गतको पाथिभरा कुलिनरी आर्टमा अध्यनरत बिद्यार्थीहरुलाई बिभिन्न देशमा कार्यरत सेफहरुले आफ्‌न अनुभब साटासाट गरेका थिए भने उनीहरुले अन्य देशहरुमा सेफहरुको अवस्था, चुनौती, अबशर लगायतका बिषयमा जानकारी गराएका थिए ।

पछिल्लो समय बिद्यार्थीहरुको आकर्षण बनेको छ होटल म्यानेजमेन्ट अध्ययन । चाँडै रोजगारीको अवशर पनि पाईने भएकाले बिद्यार्थीहरुको यस तर्फ आकर्षण समेत बढ्दै गएको छ । यसै क्रममा दमकस्थित आस्था कलेज अन्तर्गतको पाथिभरा कुलिनरी आर्टमा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई बिभिन्न देशमा कार्यरत सेफहरुले आफ्‌ना अनुभब सहित अन्य देशहरुमा सेफहरुको अवस्था, चुनौती, अबशर लगायतका बिषयमा जानकारी गराएका छन् ।

 

बिश्वका बिभिन्न देशहरुमा काम गरेर हाल क्यानडामा काम गरिरहनुभएका सेफ दिपक कार्कीले यो क्षेत्रमा रोजगारीको प्रसस्तै संभाबना रहेको र नेपाली खानालाई बिदेशमा समेत चिनाउने एउटा अवसर समेत भएको बताउदै पिसिए कलेजमा अध्यनरत बिद्यार्थीहरुलाई आफ्‌ना अनुभब समेत सुनाउनुभयो ।

कार्यक्रममा मास्टर सेफ सईकुमार शर्माले विश्वमा सेफहरुको छुट्टै पहिचान रहेको उल्लेख गर्दै विश्व बजारमा सेफहरुको माग उच्च रहेको बताउनुभयो । उहाले पिसिए कलेजमा अध्यनरत विद्यार्थीहरुलाई प्रोत्साहित भएर अध्ययनमा लाग्न सुझाव समेत दिनुभयो । उहाले आफ्‌नो सेफ यात्राको बारेमा बिद्यार्थीहरु माझ अनुभब समेत साट्नुभएको थियो ।

यस्तै, आस्था कलेजका प्रिन्सिपल टेकनाथ भण्डारीले आस्था कलेज अन्तर्गतको पिसिए कलेजले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै ब्यबहारिक ज्ञान समेत प्रदान गर्दै आएको बताउनुभयो ।

बिद्यार्थीहरुलाई बिभिन्न ज्ञानसँगै रोजगारीको अवसर समेत आफुहरुले दिलाईरहको उल्लेख गर्दै पिसिए कलेजका संयोजक ताराबिर थापाले यस बर्षपनि बिद्यार्थीहरुलाई अन्य देशहरुमा ईन्टर्नसिपका लागि पठाउने आफुहरुको योजना रहेको जानकारी गराउनुभएको थियो ।

बिभिन्न देशमा कार्यरत सेफहरुको अनुभब, अवसर, चुनौती र संभाबनाका बिषयलाई ध्यानपूर्बक सुनेका बिद्यार्थीहरुले पनि आफुले होटल म्यानेजमेण्टनै रोज्नुको कारण र त्यसमा पनि पिसिए कलेजनै छान्नुको कारण बारे यसो भनेका थिए ।

विश्व बजारमा होटल व्यवसाय फस्टाईरहेको अवस्थामा नेपाली सेफहरुको माग समेत उच्च रहेको र नेपालमा उत्पादित सेफहरुपनि विश्वका बिभिन्न देशहरुमा रोजगारीका लागि जाने गरेका छन् । यसमा दमकस्थित आस्था कलेज अन्तर्गतको पिसिए कलेजले महत्वपूर्ण भूमिका खेलिरहेको पाईन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको