चुलाचुली साहित्य उत्सव २०८२

चुलाचुलीमा ७० जना बढी पूर्वका सर्जकको प्रस्तुति रहने

दमक, १५ बैशाख / सृजनशील गतिविधिमा सक्रिय बन्दै आएको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा बैशाख १८ र १९ गते आयोजना हुने ‘चुलाचुली साहित्य उत्सव २०८२’ मा कोशी प्रदेशका ७० जना बढी सर्जकले आफ्‌ना सृजना प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

 

चुलाचुली गाउँपालिकाले गठन गरेको ‘भाषा, साहित्य, कला, संस्कृति तथा पर्यटन समन्वय समिति’को आयोजनामा चुलाचुली ५ चपेटीस्थित भञ्ज्याङ एग्रो टुरिजममा हुने उत्सवले चुलाचुलीको पर्यटनको सम्भावनालाई साहित्यसँग जोड्ने लक्ष्य समेत रहेको समितिका अध्यक्ष विवश बलिभद्र कोइरालाले जनाउनु भयो ।

 

 

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ्ले चुलाचुलीलाई सृजनशील क्षेत्रबाट चिनाउन गाउँपालिकाले यस अघिदेखि नै क्रियाकलाप गरिरहेको बताउनु भयो । उहाँले यस उत्सवले भौतिक विकास मात्र विकास होइन भन्ने कुरालाई छर्लङ्ग पार्ने जनाउनु भयो ।

 

उत्सवमा कोशी प्रदेशका सर्जकलाई प्रतिनिधिमूलक सहभागिता गराइने छ । उत्सवको पहिलो दिन ‘प्रतिनिधिमूलक कविता वाचन’, ‘कवि र कविता’ र ‘गजल साँझ’ आयोजना हुनेछ । सोही दिन ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको योगदान विषयक बहस समेत हुनेछ । कवितामा मिश्र बैजयन्ती, विन्दु दाहाल मूकदर्शक, मनु मञ्जिल, विमल वैद्य, देवान किराती, भरत गुरागाईं बर्बरिक, हाङयुग अज्ञात, विष्णु न्यौपाने, धनकुटे कान्छा, यज्ञ परिश्रमी, टीका आत्रेय, हरि कट्टेल, हेमन यात्री, खगिन्द्रा खुसी, प्रतिभा पौडेल, अमित थेवे, रचना लावती, कृष्ण उदासी, टीका भट्टराई नेपाल, सेलिङ केसी, रुमानी कुलुङ, कविता राई गाउँले, रचना लावती, जिना अधिकारी, अर्जुन दुलाल, रीता पोख्रेल, गगन योक्पाङदेन, उमेश विरोधी, मदन भण्डारी, जितेन साम्पाङ राई, पराजित पोमु, तुलसीप्रसाद भट्टराई, याग्दुहाङ धिरजको प्रस्तुति रहने छ ।

 

उत्सवमा ‘ग्रामिण पर्यटन प्रवद्र्धनमा साहित्यको भूमिका’ विषयक बहसमा सर्जक एवम् पत्रकार भूपेन्द्रराज तिम्सिनाको सहजीकरणमा सीमा आभास, प्रकाश थाम्सुहाङ र गिरीराज बास्कोटाको सहभागिता रहने छ ।

 

 

गजल साँझमा सुमित्रा बाङ्देल चेली, टंक विकल्प, शिव रेग्मी प्रणत, धनकुटे कान्छा, जेवी थुलुङ, रोहित पराई, मायामितु, एकु घिमिरे, याम थुलुङ, लीला अनमोल, दिलीप घिमिरे,कृष्ण काश्यप र यादव भट्टराईले गजल वाचन गर्नुहुनेछ ।

 

त्यस्तै, दोस्रो दिन देशु वनेम, विराट किराती, चन्द्र सम्बाहाम्फे, भिजन गुरागाईं, केशव रिमाल, विनोद थापा, तिलक राई, पुष्पा बोगटी, रोहिणी रसिकले पनि कविता वाचन गर्ने कार्यतालिका छ । ‘हाम्रो सिर्जना : स्थानीय कविका कविताहरु’ कार्यक्रममा चुलाचुलीका कविका कविता प्रस्तुत हुनेछन् । जसमा इन्द्र घिमिरे, विमल पौडेल सहयोगी, उद्धव ओझा, धर्म सन्देश, डिम्पल वनेम, रोहितप्रसाद सुवार, श्रीकृष्ण चापागाईं, बद्रि चम्लागाईं, सावित्रा बास्कोटा सवु सुधा, इशान केरुङ, सौरभ वास्कोटा विचारक र उत्सव न्यौपानेको प्रस्तुति रहने छ ।

 

‘चुलाचुलीमा नाटक : हिजो, आज र भोलि’ विषयक बहस कार्यक्रम समेत हुने जानकारी गराइएको छ । सो अवसरमा सांगीतिक प्रस्तुति समेत हुनेछन् ।

 

उत्सवमा साहित्यकार अभागी थेगुवालाई सम्मानित गरिने छ भनें उपन्यासकार श्याम सिंगकको उपन्यास कोइलाखादाको लोकार्पण समेत गरिने छ ।

 

चुलाचुली क्षेत्रको सृजना प्रवद्र्धनका लागि गाउँपालिकाले वर्षेनी कार्यक्रममा आर्थिक व्यवस्थापन गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय

फूलपाती बढाइँको चर्को ध्वनिले चराचुरुङ्गीको ज्यान जोखिममा

काठमाडौं,३१ असोज । आज देशभर हर्षोल्लासका साथ घर–घरमा फूलपाती भित्र्याउने चटारो छ । सार्वजनिक स्थानहरुमा पनि सामूहिक फूलपाती भित्र्याइँदैछ । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको