यी हुन् आफ्नै तीन साझेदारको हत्या गर्नेहरु

hatyara-3

 

 

 

विराटनगर । साझेदारी व्यवसायीक कारोबारको रकम एकलौटी बनाउन सिरहाका अनिलकुमार मण्डलको योजनामा तीन साझेदारको हत्या भएको खुलेको छ ।

मण्डलकै योजनामा सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरी तथा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो । यस्तै लिम्बूको शव भक्तपुरको थेचोमा गाडिएकै अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठको पुस ५ गते शव फेला परेको स्थानबाट करिब १०० मिटर उत्तर कमलर कमलपुर जाने नहरमा हत्या भएको पाइएको छ । यस्तै चौधरीको दुई दिनपछि पुस ७ गते शव फेला परेको स्थानबाट १०० मिटर दक्षिण उखुबारीमा हत्या गरेका थिए ।

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन् । प्रहरीले सिरहाको सिरहा नगरपालिका २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ परेका छन् ।

मण्डललाई काठमाडौंबाट माघ २० गते पक्राउ गरेको प्रहरीले मोरङको जहदा ४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट सोहि दिन पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो । हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ । प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको जनाएको छ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित