सन्दर्भ— विश्व प्रेस स्वतन्त्रता दिवस

जनमत पार्टीका नेता भोटलालले पत्रकारलाई ‘झोले’ भन्दै होच्याएपछि …

राजवंशीमात्र होइन, अन्तरसंवादमा सहभागी अधिकांश राजनीतिक दलका नेताहरुले सञ्चारकर्मीका पछिल्ला गतिविधिमाथि तीतो पोखे ।

विर्तामोड, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसलाई आज संसारभरका पत्रकारले उत्सवका रुपमा मनाए ।

यो उत्सवमा सहभागी भइरहँदा नेपाली पत्रकारहरुले भने ठूलो चुनौती सामना गरिहेका छन् । पछिल्ला केही वर्षयता विश्व जगतले भोगेको आर्थिक मन्दीको छायाँले पत्रकारलाई पनि छाडेको छैन । नेपालजस्तो कम विकसित मुलुकका पत्रकार र मिडियाहाउसले कोभिडकाल यता बाँच्नकै लागि ठूलो संघर्ष गर्नुपरेको छ । सरकार, राजनीतिक दल, उद्योगी व्यवसायीमात्र होइन मिडियाप्रति उदारभाव देखाउने पक्ष भेट्नै मुस्किल पर्न थालेको छ । जसका कारण प्रेस स्वतन्त्रताको पाटो ओझेलमा पर्दै गएको आम पत्रकारको वुझाइ छ ।

यस्तो अवस्थामा नेपाल पत्रकार महासंघ झापा शाखाले विश्व स्वतन्त्रता दिवसको मौका छोपेर शनिवार राजनीतिक दलहरुसँग प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्धता खोज्दै अन्तरसंवाद कार्यक्रम राखेको थियो ।

तर महासंघले जे उद्देश्यले कार्यक्रम राखेको थियो, कतिपय दलका नेताले त्यसको ठीक विपरीत व्यवहार देखाए । यो मामिलामा पुराना र ठूला भनिएका दलभन्दा नयाँ र साना दलका नेताहरु अग्रपंक्तिमा देखिए ।

अझ सीके राउत नेतृत्वको जनमत पार्टीका स्थानीय नेता भोटलाल राजवंशीलेत पत्रकारलाई शव्दैपिच्छे ‘झोले’ सम्बोधन गरिरहनुभयो । ‘ म २०५८ सालदेखि माओवादी युद्ध लडेर यहाँसम्म आइपुगेको हुँ । यो बीचमा मैले किसान र तल्लोवर्गका मान्छेका बारेमा लेल्ने पत्रकारै भेटेको छैन । सबै ‘झोले’ मात्र देखेृको छु ।’—राजवंशी भन्दै हुनुहुन्थ्यो ।

आफ्नो मन्तव्यका क्रममा पटक—पटक झोले भन्दै होच्याउन थालेपछि केही सञ्चारकर्मीले प्रतिवाद गरे । पत्रकार महासंघको कार्यक्रममा उपस्थित भएर पत्रकारहरुलाई नै ‘झोले’जस्तो निकृष्ट शव्द प्रयोग गर्ने राजवंशीले त्यसपछि मञ्च छाड्नुप¥यो ।

राजवंशीमात्र होइन, अन्तरसंवादमा सहभागी अधिकांश राजनीतिक दलका नेताहरुले सञ्चारकर्मीका पछिल्ला गतिविधिमाथि तीतो पोखे । नेपाल कम्युनिष्ट पार्टीका इन्चार्ज सुमनसिंह सी, राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु सुस्केरा, राप्रपाका केशव ओझा लगायतका नेताको अभिव्यक्तिमा सञ्चारकर्मीमाथि राजनीतिक वृत्तमा निकै गुनासो बढेको झल्कन्थ्यो ।

ठूला दल एमाले, काँगे्रस र माओवादी केन्द्रका नेताहरुले पनि घुमाउरो शैलीमा पत्रकारिता क्षेत्रमा देखिएका विकृति, विसंगति औंल्याए ।
समस्यै समस्याको चाङमा रुमल्लिएको पत्रकारिता क्षेत्रमाथि लोकतन्त्रवादी भनिने राजनीतिक दलका नेताहरु नै किन सकारात्मक बन्न सकिरहेका छैनन् त ? यसको खोजी मिडिया क्षेत्रबाटै गर्न जरुरी छ । अन्तरसंवादका क्रममा अग्रज पत्रकार माधव विद्राेहीकाे आशंका थियो—‘ हामी सञ्चारकर्मीहरु नै कतै गलत त छैनौं ?’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय