‘प्रथम नागरिक भनेर मात्र भएन, धिमाल जातिको विशेष कार्यक्रम चाहियो’

पथरी, २१ बैशाख  ।  मोरङको पथरी शनिश्चरेमा आदिवासी जनजातिहरूको अधिकार सम्बन्धी २ दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेको आयोजना तथा पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा सो कार्यक्रम सञ्चालन भएको हो ।

पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेका अध्यक्ष भुवन धिमालको अध्यक्षताको कार्यक्रममा धिमाल जाति विकास केन्द्र सचिव तथा पहिलो नागरिक व्यवस्थापन समितिका सल्लाहकार रोमान्सी धिमाल , समितिका सल्लाहकार – तिलक धिमाल, आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे नगर अध्यक्ष देवेन्द्र वनेम लगायतले मन्तव्य राख्नुभएको थियो ।

मन्तव्यका क्रममा उहाँहरुले नगरपालिकाले पहिलो जाति भनेर धिमाल जातिलाई घोषणा गरे पनि उनीहरूको हक हित र अधिकार संरक्षणका लागि देखिने कुनै उदाहरणीय कार्य नगरेको भन्दै गुनासो पोख्नुभयो । उहाँहरुले धिमाल समुदायलाई राजनैतिक, ,आर्थिक, शैक्षिक, सामाजिक, स्वास्थ्य , रोजगारी जस्ता अधिकारहरू सम्बन्धी स्थानीय तह अन्तर्गतका पालिकाहरूबाट विशेष आरक्षण सहितको अधिकार सुनिश्चित गरिदिन जोडदार माग गरिएको छ ।

केहि वर्षअघि नै पूर्वी मोरङका उर्लाबारी, पथरी शनिश्चरे, लेटाङ, कानेपोखरी र बेलबारी लगायतका पालिकाहरूले यो जातिलाई पहिलो जातिको रुपमा आफ्नो पालिकामा घोषणा गरिसकेका छन् ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङले सहजीकरण गर्नुभयो । कार्यक्रममा सोही समितिका सल्लाहकार विष्णु धिमाल समेतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय