कानेपाेखरीमा जथाभावी संरचना

थप संरचना निर्माणमा धिमाल समुदायको असहमति

निर्माण कार्यमा धिमाल समुदायको अवरोध ।

पथरी, २१ बैशाख । आफ्नो धार्मिक/सांस्कृतिक कार्य गर्दै आएको स्थलमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीमा धिमाल समुदायले विरोध जनाएको छ ।

धिमाल समुदायसँग समन्वय नगरी व्यापारिक प्रयोजनको लागि नयाँ संरचनाहरु निर्माण गरेर आफ्नो सांस्कृतिक स्थल कब्जा गर्न खोजेको भन्दै धिमाल जातीय विकास केन्द्र लगायतले पत्रकार सम्मेलनको आयोजना गरेर विरोध जनाएको हो । सो स्थलमा धिमाल समुदायसँग समन्वय नगरी निर्माण थालिएपछि आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख छ । आस्थाको केन्द्रको रुपमा स्थापित सो स्थलमा धम्कुवा गाउँटोलले पूजा गर्दै आएको धिमाल जातीय विकास केन्द्र केन्द्रीय सचिव अजित धिमालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, स्थानीय जन्तलाल धिमाल, राजकुमार धिमाल, नेपाल आदिवासी जनजाति महासंघ मोरङ जिल्ला उपाध्यक्ष भोजवीर माझी, कानेपोखरी गाउँ समितिका डुलु राजवंशी, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद् लक्ष्मण चौधरी, स्थानीय डिल्लीप्रकाश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा धिमाल समुदायको देव स्थलमा जबरजस्ती अतिक्रमणको प्रयास गरिए जस्तोसुकै कडा संघर्षको कार्यक्रम ल्याउन ल्याइने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमालले उल्लेख गर्नुभयो ।

केही दिनअघि निर्माण कार्य सुरु गर्न जेसीबीले खाडल (डोब) खनेपछि शुक्रबार स्थानीय धिमाल समुदायले डोब (खाडल) पुरिदिएका थिए । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा धिमाल समुदाय आदिम कालदेखि बसोबास र सांस्कृतिक कार्य गर्दै आएको उल्लेख छ ।

धिमाल समुदायको मुन्धुम, मिथकमा सो स्थल कानी बेराङ र शक्तिशाली महिलाको अलिखित कथा आउने गरेको विज्ञप्तिमा उल्लेख छ । प्रकृति पूजक धिमाल समुदायले कानेपोखरी गाउँपालिका—७ मा रहेको ऐतिहासिक कानेपोखरी भएको स्थल नजिकै वार्षिक रुपमा धार्मिक सांस्कृतिक कार्य गर्दै आएका छन् । सो स्थलमा धिमाल समुदायले पूजा गर्नुको साथै ढोल बजाएर सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । विराट राजाको पालादेखिको सोही पोखरीको नामबाट गाउँपालिकाको नाम कानेपोखरी राखिएको छ ।

त्यहाँ नयाँ संरचना निर्माणको लागि डोबहरु खन्न थालेपछि धिमाल समुदायले पुरिदिने र फेरि खन्ने दोहोरी हुन थालेको छ । सो स्थलमा टिकट घर, घेराबार लगायत संरचनाको लागि ९२ लाख संघीय सरकारबाट बजेट परेको बुझिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य