बजेटमा दलितका सवाल

१४ प्रतिशत दलितलाई १ प्रतिशत बजेट, जनसंख्या अनुपातको बजेट माग

दमक, २२ बैशाख / कुल १४ प्रतिशत जनसंख्या रहेको दलित समुदायका लागि मात्र १ प्रतिशत बजेट छुट्टिनु अन्यायपूर्ण व्यवहार भएको भन्दै जनसंख्याको अनुपातमा बजेट छुट्याउन दलित समुदायको माग छ ।

 

सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट दलित समुदायको उत्थानमा केन्द्रित हुनुपर्ने अधिकारकर्मीले माग गरेका छन् । नेपाल सरकारका पूर्वसचिव डा.मानबहादुर विश्वकर्माले सरकारको दीर्घकालीन लक्ष्य पूरा गर्न भए पनि दलित समुदायको उत्थान एवम् उत्पादन केन्द्रित बजेट ल्याउनुपर्ने माग अघि सार्नुभएको छ ।

 

अहिलेसम्म सरकारले १४ प्रतिशत जनसंख्या ओगटेको दलितका लागि छुट्याएको बजेट मात्र १ प्रतिशत हुनु दुखद भएको धारणा राख्नु भयो । उहाँले जनसंख्याको अनुपातमा बजेट व्यवस्थापन गरेर सरकारले दलित समुदायको उत्पादन, रोजगारी र सीप विकासका लागि केन्द्रित कार्यक्रम अघि बढाउनु पर्नेमा उहाँको जोड छ ।

 

त्यस्तै, दलित अध्येता तथा दलित अधिकारकर्मी मेघेन्द्र विश्वकर्माले पनि दलित समुदायको उत्पादनमा केन्द्रित गरेर दलितलाई पनि महसुस हुने गरी ल्याउनुपर्ने माग अघि सार्नुभयो । ‘दलितले कुल १४ प्रतिशत जनसंख्याको हिस्सा ओगटेको तर १ प्रतिशत पनि बजेट नआउनु अन्यायपूर्ण व्यवहार हो । आगामी बजेटमा कम्तीमा ३ प्रतिशत बजेट दलित केन्द्रित समुदायका विकासका लागि विनियोजन होस् र यो क्रम बढ्दै जाओस् ।’

 

नेपाली कांग्रेसकी सांसद सीता मिजारले सरकारले आगामी बजेटमा दलित रोजगारी तथा उद्यमशीलता प्रवद्र्धन गर्दै दलित अधिकार दशक घोषणा गर्न पनि माग गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय