निरन्तर दुर्घटना

पाडाजुँगी दुर्घटना ४ जना घाइते, अवस्था कस्को कस्तो छ ?

दमक, २२ बैशाख / झापाको कमलस्थित पाडाजुँगी सडकखण्डमा आज साँझ भएको सडक दुर्घटनामा ४ जना घाईते भएका छन् ।

 

दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको ना.१ क ७६७६ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको को. १ च ७९६९ नम्बरको कार र सोही कार पछाडी आउँदै गरेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल समेत ठक्कर खाँदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि कार चालक जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा न. ११ बस्ने बर्ष ६८ को जीवन कुमार विश्वकर्मा घाइते बन्नु भएको छ । उहाँको छात्तीमा चोट लागे पनि अवस्था बोल्न सक्ने मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, कारमा यात्रारत इटहरी उपमहानगरपालिका वडा न. ८ बस्ने ५३ वर्षीय राजु गहतराजको टाउको र दुबै खुट्टामा चोट लागेको छ ।

 

सोहि ठाउँका ३१ वर्षीय भिम गहतराजको दाहिने खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक झापा कमल गाउँपालिका वडा न. ६ बस्ने १८ वर्षीय सोहत भुजेलको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । सबै घाईतेहरुको दमक ९ स्थित निम्स नेशनल हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिगई घटनाको अनुसन्धान अघि बढाइएको छ ।
यसैगरी आजै दमकमा पनि ट्रिपरले ठक्कर दिदा पैदलयात्री गौरादह ४ निवासी ४८ वर्षीया सीता वर्देवालाई ठक्कर दिएर घाइते बनाएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने