दमकमा खेलकुद महोत्सव

किन पाखा लगाइयो दमक गोल्डकप ?

दमक गोल्ड कपले स्थानीय खेलाडी उत्पादन गर्न नसकेको र खर्च मात्रै बढाएकोले त्यसलाई स्थगित गरिएको नगर प्रमुख थापाको भनाई ।

दमक, २२ बैशाख । दमकमा खेलकुद महोत्सव हुने भएको छ । औपचारिक रुपमा बैशाख २७ गतेबाट हुने भएपनि क्रिकेट २४ गते र फुटबल चाँहि २५ गतेबाट हुने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

बिभिन्न ७ वटा बिधागत खेलका फरक फरक प्रतिपर्धा हुने दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीम चौलागाईले जानकारी दिनुभयो ।
प्रतियोगीता सम्पन्न गर्न कुल २२ लाख लाग्ने र २० लाख रकम दमक नगरपालिकाले बिनियोजन गरिदिएको महोत्सव संयोजक तारा अधिकारीले जानकारी दिनुभयो । केही प्रायोजन आउने समेत उहाँले बताउनु भयो । पुरस्कारमा मात्रै ८ लाख बढि खर्च हुने उहाँको भनाई छ ।

दमकमा पहिलो पटक हुन लागेको यो महोत्सवले दमकमा १० वटै वडाका खेलाडीहरु बिच प्रतिष्पर्धा हुने छ । यसले दमक खेलकुदको क्षेत्रमा फरक पहिचान दिने भन्दै नगरमा खेलाडी उत्पादन गर्न समेत यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगर प्रमुख राम कुमार थापाले बताउनु भयो ।

बिगतका केहि वर्ष दमकमा दमक गोल्डकप हँुदै आएको र यसले किन निरन्तरता नपाएको भन्ने प्रश्नमा नगर प्रमुख थापाले दमक गोल्ड कपले स्थानीय खेलाडी उत्पादन गर्न नसकेको र खर्च मात्रै बढाएकोले त्यसलाई स्थगित गरेर खेलाडी उत्पादन गर्ने महोत्सव गर्न लागिएको प्रष्ट पार्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको