लागुऔषध विरुद्ध कदमको नाटक ‘द मेज’ वडा वडामा

नगरका १० वटै वडामा मञ्चन गर्नेगरी मञ्चन कार्य अघि बढेको ।

दमक, २३ बैशाख / पछिल्लो केही वर्षयता झापा जिल्लामा किशोरकिशोरी र युवावर्गमा लागुऔषधको दुर्व्यसनको दर बढ्दो क्रममा देखिएको छ । यिनै सामाजिक चिन्तन र यथार्थका विषयमा जनचेतना फैलाउन दमक नगरपालिकाको सहकार्यमा कदम थिएटरले प्रस्तुत गरेको चेतनामूलक नाटक ‘द मेज’ नगरका १० वटै वडामा मञ्चन गर्नेगरी मञ्चन कार्य अघि बढेको छ ।

 

समाजमा मौन रूपमा फैलँदो लागुऔषध समस्या, बालबालिकाको जीवनमा त्यसले पार्ने असर, र अभिभावकको व्यस्तताले सिर्जने दूरी — यी सबै पक्षलाई कलात्मक रूपमा मञ्चमा उतारिएको छ । यो नाटक विशेष गरी अभिभावक, विद्यार्थी, शिक्षक र समुदायलाई लक्षित गर्दै तयार पारिएको कदम थिएटरका कला निर्देशक सिजन दाहालले जानकारी गराउनु भयो । घरमै भएर पनि नदेखिएको, देखेर पनि नबुझिएको समस्या — लागुऔषध — लाई खुला बहस र आत्मचिन्तनको विषय बनाउने प्रयास ‘द मेज’ले गरेको छ ।

 

मंगलबार दमक–२ स्थित त्रिपुरेश्वर मन्दिर (हिमावी छेउ), दमक–३ को चुलाचुली मावि र दमक–४ को कृष्ण माविमा सफलतापूर्वक मञ्चन गरिएको छ । स्थानीय बासिन्दा, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम प्रभावकारी बनेको थियो ।

 

 

भोलि दिउँसो १ बजे दमक–८ स्थित जनता आधारभूत विद्यालय र साँझ ४ बजे बजे दमक–६ को नमुना मार्गमा नाटक मञ्चन हुने तय भएको छ ।

 

नाटकका लेखक तथा निर्देशक मनिक शंकर हुनुहुन्छ । जसले लामो समयदेखि समाजमा मौन रूपमा दबिएको पीडालाई मञ्चमा उतार्दै आउनुभएको छ । कलाकारहरूको टोलीमा मनोज गौतम, आयुस भण्डारी, नविन रिजाल, रश्मी उप्रेती, पारुमा राई, बुङ छेङ, रोशन मुर्मु, र अनिष्मा पौडेल रहनु भएको छ । प्रस्तुतिमा अभिनय, संवाद र भाव–भंगिमामार्फत लागुऔषधको मनोविज्ञान र त्यसले निम्त्याउने पारिवारिक तथा सामाजिक विघटनलाई सजीव रूपमा प्रस्तुत गरिएको छ ।

 

दमक नगरपालिकाको आर्थिक र संस्थागत सहकार्यमा गरिएको यस अभियानले समुदायमा गहिरो प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रम संयोजकका अनुसार, ‘द मेज’ केवल नाटक होइन, चेतनाको कडी हो — जसले बालबालिका र युवाहरूलाई बचाउने दिशामा संवादको ढोका खोल्छ ।

 

‘द मेज’ – यो समाजमा भुसको आगो झैं फैलिएको कुलत विरुद्ध एउटा सशक्त कलात्मक आवाज, एउटा मौन समस्याको विरुद्धमा बोलिएको दर्विलो सचेतनाको कडीका रुपमा प्रस्तुत छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने