८ नम्बर वडाले गर्‍यो पूर्व जनप्रतिनिधिलाई सम्मान

पथरी, २३ बैशाख / देशमै नमुना काम गरेर चिनिएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
वडाको शुक्रबारे सामुदायिक भवन दोहलुमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो ।

 

वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । सम्मानित हुनेहरुमा पूर्व वडाध्यक्षहरु वडा नम्बर ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल (२०२०–२४), दोस्रो वडाध्यक्ष गोबिन्द थापा (२०२४–३५ दुई कार्यकाल), तेस्रो जनप्रतिनिधि यादबहादुर बस्नेत (२०३५–३९) साविक शनिश्चरे गाविस वडा नम्बर ५ (२०३९–२०४८) तेस्रो कार्यकाल, ४ नम्बरका इन्द्रबहादुर तुम्सा (२०३९–४३), ४ कै स्व. बागवीर माझी (२०४३), ५ का नयेन्द्रबहादुर भट्टराई (२०४९–५३), ४ का शुक्रबहादुर खजुम (२०४९–५१), ५ का गणेश बहादुर गुरुङ (२०५४–५९), ४ का गंगाबहादुर भण्डारी (२०५४–५९) सम्मानित बन्नुभयो ।

 

त्यस्तै, पथरी शनिश्चरे नगरपालिका ८ बाबुराम दाहाल (२०७४–७९) रहनुभएको थियो । यसैगरी, तात्कालिन शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्चहरु पहिलो कार्यकाल प्रधानपञ्च जहरमान लिम्बु र उपप्रधानपञ्च भिमबहादुर मगर, दोस्रो कार्यकाल प्रधानपञ्च जितबहादुर गिरी र उपप्रधानपञ्च पुष्पबहादुर चौहान, शनिश्चरे गाबिसका पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुमध्ये पहिलो कार्यकालका अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष कृतिका राई सम्मानित बन्नुभयो ।

 

सम्मान कार्यक्रम अघि वडाले निर्माण गरेको लिम्बूहरुको केलाङ नृत्य र नौमति बाजाको प्रस्तुति रााखिएको थियो । यस्तै दोस्रो कार्यकाल अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष जहरमान लिम्बु र पथरी शनिश्चरे नगरपालिका भए पश्चात् नगर प्रमुख दिलिपकुमार राई (किशोर), र उप–प्रमुख यमुना बिष्ट बास्तोलालाई पनि उसैगरी सम्मान गरिएको थियो । सम्मान पश्चात् सम्मानित हुनेहरुबाट मोहनकुमार न्यौपाने र दिलिप कुमार राई (किशोर)ले आफ्ना भनाइहरु राख्नुभएको थियो ।

 

सम्मान कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, वडा नम्बर ८ का वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिव कुमारी विश्वकर्मा, वडा सचिव बालकृष्ण राई लगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका