८ नम्बर वडाले गर्‍यो पूर्व जनप्रतिनिधिलाई सम्मान

पथरी, २३ बैशाख / देशमै नमुना काम गरेर चिनिएको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
वडाको शुक्रबारे सामुदायिक भवन दोहलुमा एक भव्य कार्यक्रमको आयोजना गरी पूर्व जनप्रतिनिधिहरुलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको हो ।

 

वडाध्यक्ष नविन कार्कीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । सम्मानित हुनेहरुमा पूर्व वडाध्यक्षहरु वडा नम्बर ८ को पहिलो जनप्रतिनिधि प्रताब धिमाल (२०२०–२४), दोस्रो वडाध्यक्ष गोबिन्द थापा (२०२४–३५ दुई कार्यकाल), तेस्रो जनप्रतिनिधि यादबहादुर बस्नेत (२०३५–३९) साविक शनिश्चरे गाविस वडा नम्बर ५ (२०३९–२०४८) तेस्रो कार्यकाल, ४ नम्बरका इन्द्रबहादुर तुम्सा (२०३९–४३), ४ कै स्व. बागवीर माझी (२०४३), ५ का नयेन्द्रबहादुर भट्टराई (२०४९–५३), ४ का शुक्रबहादुर खजुम (२०४९–५१), ५ का गणेश बहादुर गुरुङ (२०५४–५९), ४ का गंगाबहादुर भण्डारी (२०५४–५९) सम्मानित बन्नुभयो ।

 

त्यस्तै, पथरी शनिश्चरे नगरपालिका ८ बाबुराम दाहाल (२०७४–७९) रहनुभएको थियो । यसैगरी, तात्कालिन शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्चहरु पहिलो कार्यकाल प्रधानपञ्च जहरमान लिम्बु र उपप्रधानपञ्च भिमबहादुर मगर, दोस्रो कार्यकाल प्रधानपञ्च जितबहादुर गिरी र उपप्रधानपञ्च पुष्पबहादुर चौहान, शनिश्चरे गाबिसका पूर्व अध्यक्ष तथा उपाध्यक्षहरुमध्ये पहिलो कार्यकालका अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष कृतिका राई सम्मानित बन्नुभयो ।

 

सम्मान कार्यक्रम अघि वडाले निर्माण गरेको लिम्बूहरुको केलाङ नृत्य र नौमति बाजाको प्रस्तुति रााखिएको थियो । यस्तै दोस्रो कार्यकाल अध्यक्ष मोहनकुमार न्यौपाने र उपाध्यक्ष जहरमान लिम्बु र पथरी शनिश्चरे नगरपालिका भए पश्चात् नगर प्रमुख दिलिपकुमार राई (किशोर), र उप–प्रमुख यमुना बिष्ट बास्तोलालाई पनि उसैगरी सम्मान गरिएको थियो । सम्मान पश्चात् सम्मानित हुनेहरुबाट मोहनकुमार न्यौपाने र दिलिप कुमार राई (किशोर)ले आफ्ना भनाइहरु राख्नुभएको थियो ।

 

सम्मान कार्यक्रममा नगर उप–प्रमुख देवीमाया काफ्ले, वडा नम्बर ८ का वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिव कुमारी विश्वकर्मा, वडा सचिव बालकृष्ण राई लगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य