पथरी शनिश्चरे दोस्रो नगर खेलकुद महोत्सव

क्रिकेटमा सेल्फी र भुल्के फाइलन प्रवेश

पथरी, २५ बैशाख / मोरङको पथरी शनिश्चरे दोस्रो नगर खेलकुद महोत्सव अन्तर्गत क्रिकेट खेलको फाइनलमा टिम भुल्के र टिम सेल्फीबीच प्रतिष्पर्धा हुने भएको छ ।

 

बुधबारको खेलमा टिम सेल्फीले टिम डाँस मोरङीलाई पराजित गर्दा टिम भुल्केले टिम बक्राहालाई पराजित गरेसंगै लिगमा शीर्ष अंकका साथ दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् ।खेलको फाइनल बैशाख ३० गते हुने छ ।
लिगका दुबै खेल हारेका टिम डाँस मोरङी र टिम बक्राह बाहिरिएका छ्न । टिम सेल्फीले डाँस मोरङीलाई ५ रनले पराजित गर्दै जित हात पारेको छ ।

 

टस जितेर ब्याटिङ रोजेको टिम सेल्फी १७.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनायो । सेल्फीका लागि सोलोमन राईले ३८ रन र अस्विन महतले २७ रन बनाउन सफल हुनुभयो ।

 

बलिङतर्फ डाँस मोरङीका महेश कार्की र रोशन थापाले समान ३/३ विकेट लिए भने रोहन गहतराजले २ तथा सञ्जय मुर्मु र सत्यम दाहालले समान १/१ विकेट लिनुभयो । ११७ रनको लक्ष्य पछ्याएको डाँस मोरङी १७.४ ओभरमा १११ रनमै समेटियो । आदर्श कार्कीले ४७ रन र महेश कार्कीले १० रन बनाउन बाहेकअन्य ब्याट्सम्यानले दोहोरो रनको योगदान दिन सकेनन् ।

 

टिम सेल्फीका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहेको देखिन्थ्यो । सुदीप चौधरी र अस्विन महतले समान ३/३ विकेट लिए भने बुद्ध आले मगर र सुधीर बस्नेतले समान १/१ विकेट लिन सफल बनेको अवस्था रह्यो ।

 

बुधबार नै भएको दोश्रो खेलमा भुल्के टिमले बक्राहा टिमलाई ६० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको भुल्केले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । भुल्केका लागि एन्जल राईले ४१, नेल्सन दंगालले २७, शुसन दंगालले २० र रावन राईले १४ रनको योगदान गर्नुभयो ।

 

बलिङतर्फ बक्राहाका समित राईले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट, अनिस लुइटेलले २, अभिषेक विक र धन कार्कीले समान १/ १ विकेट लिनुभयो । १५६ रनको लक्ष्य पछ्याउने क्रममा बक्राहा टिम १८.४ ओभरमै ९५ रनमा समेटियो । अनिस लुइटेलले १९, अभिषेक विकले १३ र धन कार्कीले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

भुल्के टिमका एन्जल राईले बलिङमा पनि चम्कँदै ३ विकेट जोड्नु भयो । नेल्सन दंगाल, दिपेश भण्डारी र सिदार्थ धिमालले समान २/२ विकेट तथा सुरज खड्काले १ विकेट हात पार्नुभयो । पहिलो खेलमा अस्विन महत म्यान अफ दी म्याच रहँदा दोस्रो खेलमा एन्जल राई म्यान अफ दी म्याच घोषित बन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य