ग्रामीणवासीको स्वास्थ्यमा चासो

गौरीगञ्जवासीका लागि एम्बुलेन्स सुविधा

झापाली समाज अष्ट्रेलियासँगको साझेदारीमा खरिद गरिएको एम्बुलेन्स

दमक, २५ बैशाख / ग्रामीण भेगमा स्वास्थ्य समस्या धेरै हुन्छन् । बिरामी पर्दा स्वास्थ्य संस्था जान समयमा एम्बुलेन्स र अन्य सुविधा पाउन पनि गाह्रो । अझ आर्थिक विपन्न परिवारले एम्बुलेन्सको शुल्क तिरेर सेवा लिन पनि सकिरहेका हुँदैनन् ।

 

 

यही कुरालाई मध्यनजर गर्दै झापाको गौरीगञ्ज गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । झापाली समाज अष्ट्रेलियासँगको साझेदारीमा खरिद गरिएको एम्बुलेन्स महाभारा स्वास्थ्य केन्द्रलाई सञ्चालन गर्न हस्तान्तरण समेत गरिएको छ ।

 

 

मानवीय स्वास्थ्य र संवेदनासँग जोडिएको साधन हो एम्बुलेन्स । बिरामीलाई चाँडै अस्पतालमा पुर्याइ जीवन बचाउन उपोयोगी हुने साधन अति आवश्यकीयमा पर्छ । तर यो भौतिक पूर्वाधार राम्रै भएका सबै पालिकाका सरकारसँग पनि छैन ।

 

 

जसले गर्दा त्यस क्षेत्रका बिरामीहरु समयमा अस्पताल पुग्न नपाउँदा अकालमै मृत्यूवरण गर्नुपरेका कँयांै घटना पनि छन् । यही कुरालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय झापाली समाजको समन्वय र झापाली समाज अष्ट्रेलियाको पचास प्रतिशत आर्थिक सहयोगमा झापाको गौरीगञ्ज गाउँपालिकालाई नयाँ एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

 

 

हस्तान्तरण कार्यक्रममा बोल्दै समाज संस्थापक अध्यक्ष दिनेश कुमार पोखरेलले भन्नु भयो “ हामी बिदेशमा बस्दा पनि देश सम्झन्छौं । आफ्नो जन्मभूमिमा केही सामाजिक काम गर्न जाग्ने हुटहुटीले आज गौरीगञ्जमा एम्बुलेन्स खरिदमा सहकार्य गर्ने मौका मिल्यो ।“

 

 

समाजले विदेशमा बसेर आफ्‌नो जिल्लाको विकास र समृद्धिमा विभिन्न योगदान गरेको र त्यसमा पनि शिक्षा र स्वास्थ्य प्रमुख क्षेत्र रहेको समाजका वर्तमान महासचिव नवीन पोखरेलले जानकारी दिनु भयो ।

 

 

गाउँपालिकामा जनप्रतिनिधि आएपछि जनतालाई शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही परिवर्तनका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

सो प्रतिवद्धता पुरा गराउनका लागि एम्बुलेन्स खरिद र यसको सञ्चालनपनि एउटा महत्वपूर्ण आवश्यकता रहेको र अहिले त्यसले पूर्णता पाएको कार्यक्रममा बोल्ने क्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताउनुभयो ।

 

 

खासगरी ग्रामीण क्षेत्रका र विपन्न परिवारलाई सर्वसुलभ र निःशुल्क सेवा दिन यो एम्बुलेन्स प्रयोग गरिने गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको भनाई छ ।

२० लाख ८ हजार एक सय रुपैँयामा खरिद भएको ख वर्गको एम्बुलेन्सका लागि झापाली समाजले ५० प्रतिशत अर्थात १० लाख ४ हजार ५० रुपैँया र बाँकी गाउँपालिकाको बजेट खर्च गरिएको हो ।

 

 

यसैगरी एम्बुलेन्समा जडान गर्न आवश्यक पर्ने बिभिन्न उपकरण र सामग्रीहरु सहित गरेर अन्य ४ लाख ३ हजार १ सय १७ गरि कुल १४ लाख ३ हजार २ सय सत्र रुपैँया गाउँपालिकाले लगानी गरेको छ ।

 

 

यो एम्बुलेन्सले खास गरी वडा नं १ र २ क्षेत्रका वासिन्दालाई सेवा दिने गरी महाभारा स्वास्थ्य केन्द्रमा राखिने छ ।

बिहिबार समाजले गाउँपालिकालाई र गाउँपालिकाले स्वास्थ्य केन्द्रलाई एकै कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा