दमक , २७ बैशाख | दमक अस्पताललाई जिल्ला स्तरको बनाउने भनेर खुव चर्चा गरिन्थ्यो । यहाँको सेवा सुविधा र सेवाग्राहीको चाप जिल्ला स्थित मेची अञ्चल अस्पताल भन्दा पनि बढि नै छ । तर यो अस्पतालको स्विकृती १५ शैयाको मात्रै छ । अर्थात नगर अस्पताल मात्रै ।
त्यसैले यो अस्पतालको सेवा सुविधा बिस्तार गर्न सघं र प्रदेशबाट सहयोग ल्याउन मिलेन । त्यसैले अव दमकमा ३ सय शैयाको सुविधायूक्त अस्पताल बनाउने भन्दै जग्गा खोजबिनको काम सुरु भएको छ ।
यसस अघी दमक नगरपालिकाका जनप्रतिनिधीहरु प्रधानमन्त्री केपि शर्मा ओलीलाई अस्पतालको स्तरउन्त्तीको योजना लिएर पुगेका थीए । सरकारी मेडिकल कलेज सहित सञ्चालन गर्ने योजना प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेपछि प्रधानमन्त्री ओलीले आगामी आर्थीक वर्षको बजेटमा कार्यक्रम राख्ने आश्वाषन दिनु भयो । सो आस्वाषन बोकेर जनप्रतिनिधी दमक फर्कीए ।
अहिले दमक अस्पतालमा दैनिक एक हजारको हाराहारीमा बिरामीहरुले ओपिडि सेवा लिनु हुन्छ । यसको व्यवस्थापन अझै प्रभावकारी भइरहेको छैन ।
यसलाई थप प्रभावकारी बनाएर जनमैत्री बनाउनु भन्दा पनि ३ सय सैयाको अस्पताल बनाउने योजना कसरी अघी बढ्यो भनेर हामीले दमक नगरपापिलकाका प्रवक्ता धर्मप्रसाद दाहाल दिपेशलाई प्रश्न गरेका छौ । उहाँसगको संवादको भिडियोको लिंक तल राखीएको छ ।









