भाषणमात्रै गर्ने कि ?

दमकले अझै गर्न सकेन बालमैत्री घोषणा, मेयरको प्रविद्धता बोलीमै सीमित ( भिडिओ रिपोर्ट )

बालमैत्री वडा घोषणा गर्न जसरी तामझाम गरिएको थियो उसैगरी यसलाई कायम राख्नुपनि पर्छ ।

दमक, २७, बैशाख ।  बिभिन्न सुचक पार गर्दै दमक नगरपालिका वडा नं ५ बालमैत्री घोषणा भएको एक वर्ष वित्याे । अन्य वडाहरुलाई भने नगरपाालिकाले बालमैत्री घोषणा गर्नै सकेन । बरु अझैपनि उही कुरा अर्थात्एर क वर्ष भित्रमा सबै वडा सहित नगरलाईनै बालमैत्री घोषणा गर्छाैं भन्ने आश्वाषन दिइ नै रहेको छ ।

यो अवधिमा वडाका कुनै बालबालिका विद्यालय जानबाट बञ्चित छैनन् । बालश्रममा कोही पनि प्रयोग भएका छैनन् र बाल अधिकारकालागी सुरक्षीत ढङ्गले काम गरीरहेको वडाध्यक्ष इन्द्र बहादुर गुरुङले बताउनु भयो ।

यो अवधिमा यस वडामा रहेका सबै निजी तथा सामुदायीक विद्यालयहरुमा बाल क्लव गठन गरिएको छ । वडा बाल सञ्जाललाई सकृय बनाएर वडाको टोल स्तरमा पनि बालबालिकासग सम्बन्धीत कार्यक्रम पुर्याइएको र बालबालिकाको क्षमता विकास गराउने अधिकतम कामहरु भएको वडा बाल सञ्जाल दमक ५ का सचिव दिवस वाग्लेको भनाई छ ।

 

बालमैत्री वडा घोषणा भएको अवसरमा वडा नं ५ ले बालमैत्री वडा झल्कने केहि सन्देश लेखिएका होर्डीङ बोर्डहरु सार्वजनिक स्थानहरुमा राखेको छ । यसले वडामा प्रवेश गर्ने बित्तिकै यो बालमैत्री वडा रहेछ भन्ने सन्देश सबैले थाह पाउन भनेर यसखाले काम गरिएको वडा सदस्य शोभा बेलबासे खतिवडाले जानकारी दिनुभयोे ।

एक वर्ष त भयो वडालाई बालमैत्री घोषणा गरेको । तर यसको अवस्था कस्तो छ ? जुन सुचकलाई आधार मानेर गरिएको थियो तीनको अवस्था कस्तो भयो र के छ भन्नेबारेमा निरन्तर निरिक्षण गर्न यही वडामा रहेको एकमात्रै सामुदायीक विद्यालय दिपिनी आधारभूत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाको सुझाव छ ।

दमकमा १० वटा वडा छन् । तर अहिले सम्म एउटा मात्रै वडा बालमैत्री घोषणा भएको छ । बाँकी वडा अझै हुन सकेको छैन । यता दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले यही आर्थीक वर्षमा थप ३ वटा वडा र बाँकी ६ वटा वडा अर्को वर्ष सम्म गरी अर्को आर्थीक वर्ष भित्रमा सिङ्गो नगरलाईनै बालमैत्री घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

बालमैत्री वडा घोषणा गर्न जसरी तामझाम गरिएको थियो उसैगरी यसलाई कायम राख्नुपनि पर्छ । कोहि पनि बालबालिका आफ्‌नो सबै खाले अधिकारबाट वञ्चित हुन नदिन वडा र नगरले मसिनो गरी अध्ययन गरेर अघी बढ्न आवश्यक छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा