दमकमा रोचक बन्यो गणित प्रयोगशाला कार्यक्रम

दमक, ८ जेठ/ निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), दमकको आयोजनामा एक दिने गणित प्रयोगशाला कार्यक्रम सम्पन्न गरिएको छ ।

 

 

गणित सिकाइलाई प्रयोगात्मक, रोचक र प्रभावकारी बनाउने उद्देश्यले दमक–६ स्थित सूर्योदय माद्यमिक विद्यालयमा आयोजना गरिएको कार्यशालामा दमक क्षेत्रका विभिन्न निजी विद्यालयका गणित शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यशाला दुई चरणमा—प्राथमिक र माध्यमिक तहका शिक्षकहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।

 

 

प्रयोगशालामा प्रशिक्षक दयामान श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । उहाँले गणित विषयलाई व्यवहारमा आधारित सिकाइमार्फत सजिलो, मनोञ्जनात्मक र दीगो बनाउन सकिनेमा जोड दिनुभयो ।

 

 

कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सल्लाहकार एलडी. राईको प्रमुख आतिथ्यता रहेको थियो । अन्य विशिष्ट अतिथिहरूमध्ये प्याब्सन केन्द्रीय सदस्य श्रवण पोखरेल, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, दमक प्याब्सनका प्रमुख सल्लाहकार जर्नादन मैनाली, सहुलियत पुस्तक भण्डारका सञ्चालक रवि बस्नेत तथा प्याब्सन दमकका अध्यक्ष नविन योगी रहनुभएको थियो ।

 

 

आफ्‌नो मन्तव्यमा अध्यक्ष नविन योगीले समयानुकूल शिक्षण पद्धति अपनाउँदै सिकाइमा सुधार ल्याउन यस्ता प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘समयसँगै परिवर्तन नअपनाएसम्म अगाडि बढ्न सकिँदैन, त्यसैले यस्तो प्रयोगात्मक प्रयोगशाला आवश्यक छ ।’ उहाँले भन्नुभयो ।

 

 

कार्यक्रममा सहयोगी संस्थाको रूपमा सहुलियत पुस्तक भण्डार, दमक–५ साथ रहेको थियो । प्रयोगशालामा गणित शिक्षणसँग सम्बन्धित विभिन्न उपकरण, फर्मुला कार्ड, चार्ट तथा अन्य शैक्षिक सामग्रीहरू प्रस्तुत गरिएका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच