होमस्टेको हौसला

महिलाले मात्रै चलाएको करफोक सामुदायिक होमस्टेमा के के पाइन्छ ?

स्वदेशी हुन वा विदेशी सबै खाले पाहुनालाई एकै प्रकारको सेवा

इलाम, २५जेठ । इलामको सुर्योदयन गरपालिकास्थित करफोकमा होमस्टे सुरु भएको डेढ वर्ष भयो । आफ्‌नै बस्ने घरमा एउटा कोठा थप गरेर अनि आफ्‌नै भान्सामा जे पाक्छ त्यहि खुवाएर यहाँका होमस्टेका सञ्चालकहरुले पर्यटकलाई सेवा दिने गर्दछन् ।

 

 

यस ठाउँको अर्को रोचक कुरा चाहि के छ भने यी सबै होम स्टे महिलाको नेतृत्वमा सञ्चालित छन् । उनीहरुलाई केहि पुरुषहरुले चाहि आँट र हौसला मात्रै दिने गरेका छन् ।

 

सुर्योदय नगरपालिका वडा नं ११ स्थित पञ्चकन्यामा गीता खत्रीले ढेड वर्षदेखि होमस्टे चलाइरहनु भएको छ । उहाँको होमस्टेको नाम हो खत्री निवास । उहाँले स्वदेशी हुन वा विदेशी सबै खाले पाहुनालाई एकै प्रकारको सेवा गर्नु हुन्छ ।

 

 

उहाँ भन्नुहुन्छ- हामी आफ्‌नो अन्य काम भ्याएर पनि हो स्टेमा सेवा गर्न भ्याएका छौ । जसले हाम्रो अतिरिक्त आम्दानी बढाएको छ । म त खुसी छु ।

यस्तै यही ठाउँकी तारा राईले अनमोल नाम दिएर को होमस्टे चलाइरहनु भएको छ । उहाँकोमा को को पाहुना कहाँबाट र कति जना आउँदैछन् भन्ने पूर्व जानकारी हुन्छ । त्यहि अनुसार ती पाहुनाहरुलाई खुवाउन र सुताउने तारताम्य मिलाउनु हुन्छ । त्यसबाहेक उहाँ आफ्‌नै दैनिकी कृषि कर्म गर्नुहुन्छ ।

 

 

यस ठाउँका हरेक होम स्टेले एक एक वटा उत्पादन गर्ने गरेका छन् । त्यसैले सबै व्यवसायिक किसान पनि छन् । आफ्‌नो मुल पेसालाई समेत साथमै लगेर होमस्टे चलाउँदाको अनुभव सुनाउनुहुदै राई भन्नु हुन्छ पहिलो अनुभव हो फरक फरक पाहुनाको स्वागत र सत्कार गर्न पाउँदा खुसी लागेको छ ।

करफोकको पञ्चकन्या मन्दिर यहाँको ऐतिहाँसिक मन्दिर पनि हो । यही मन्दिरलाई साक्षी राखेर ढेड वर्ष देखी यहाँ होम स्टे सुरु गरिएको छ । यस आसपासमा होम स्टे सञ्चालन गर्नेहरुले करफोक खलङ्गा सामुदाीयक होमस्टे नामक सस्था दर्ता पनि गर्नु भएको छ । जसको नेतृत्व गर्नु हुन्छ कोपिला पोखरेलले । उहाँ भन्नुहुन्छ माहिलाहरुले मात्रै सञ्चालन गरेपनि यसमा खास चुनौती छैनन् ।

 

 

महिलाहरुले गरेको रहेछ भनेर धेरैले बरु सहानुभूति देखाउने गरेको भन्दै कहिलेकहि धेरै जना पाहुदा हुदा चाहि त्यसको व्यवस्थापनमा चुनौती रहेको उहाँले सुनाउनु भयो ।

यहाँ उत्पादन हुने तरकारी, दुधजन्य सामग्री तथा कुखुराको मासु यहाँका खास परिकार हुन ।

 

विषादी रहित उत्पादन र इलामको पानीको सम्मीश्रणले यहाँका हरेक परिकारहरु स्वादिला हुने गरेका यहाँ बसेका पर्यटकहरुको अनुभव छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय