अवकाे युग डिजिटलकाे

मदरल्याण्डका विद्यार्थीलाई सिकाइयो डिजिटल साक्षरता

गत वर्षदेखि लागू गरिएको DIGI School कार्यक्रमअन्तर्गत विद्यालयमा डिजिटल साक्षरता, कोडिङ, गणनात्मक सोच, अनलाइन सुरक्षा तथा सूचना प्रविधिसम्बन्धी विविध ज्ञान प्रदान गरिदै आएको छ।

दमक, जेठ ३० | दमक नगरपालिका–५ मा अवस्थित मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलमा डिजिटल साक्षरतासम्बन्धी एक दिवसीय विशेष कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम विद्यालय र DIGI School टोलीको सहकार्यमा सञ्चालन गरिएको हो।

कार्यशालाको उद्देश्य विद्यार्थीहरूलाई आधुनिक प्रविधिमा आधारित शिक्षामा अभ्यस्त गराउनु रहेको थियो। गत वर्षदेखि लागू गरिएको DIGI School कार्यक्रमअन्तर्गत विद्यालयमा डिजिटल साक्षरता, कोडिङ, गणनात्मक सोच, अनलाइन सुरक्षा तथा सूचना प्रविधिसम्बन्धी विविध ज्ञान प्रदान गरिदै आएको छ।

काठमाडौँबाट आएको DIGI School टोलीले गत बुधबार कार्यशालामा कृत्रिम बुद्धिमत्ता (AI), जीपीएस प्रणाली, नक्शांकन (Mapping) लगायतका विषयमा व्यवहारिक जानकारी प्रस्तुत गरेका थिए।

यसले विद्यार्थीहरूको प्रविधिप्रति रुचि र बुझाइलाई थप सुदृढ बनाएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापकले भने, “DIGI School कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई भविष्यका लागि अत्यावश्यक प्रविधि सीपहरू सिकाउँदै आएका छौं। यसले उनीहरूको तार्किक सोच, समस्या समाधान गर्ने क्षमता, स्पष्ट निर्णय लिने क्षमतासहित पेशागत भविष्य निर्माणमा ठूलो टेवा पुर्‍याउने विश्वास लिएका छौं।”

विद्यार्थीहरू डिजिटल प्रविधि शिक्षाबाट उत्साहित देखिए भने अभिभावकहरूले समेत सन्तोष व्यक्त गरेका छन्। एक अभिभावकले भने, “हाम्रा छोराछोरीहरूले यति उपयोगी र भविष्यमुखी ज्ञान पाउनु हाम्रो लागि गर्वको विषय हो।”

विद्यालयले आगामी दिनमा पनि DIGI School कार्यक्रमलाई निरन्तरता दिँदै प्रविधिमैत्री शिक्षाको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा

बुद्ध जयन्तीमा प्रधानमन्त्रीको आग्रह– शान्ति र अहिंसाको बाटो रोजौँ

काठमाडौं,१८ वैशाख । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गर्नु भएको छ । आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत

डिआइजी रेग्मीद्वारा इलाका प्रहरी कार्यालय पालुङको निरीक्षण

हेटौँडा,१८ वैशाख । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर