प्रदीप ज्ञवालीलाई प्रश्न

माधव नेपाललाई जस्तै गरी केपी ओलीलाई पनि मुद्धा लाग्यो भने के गर्नुहुन्छ ?

पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुखसम्मलाई विभिन्न प्रकरणमा अनुसन्धान

दमक, ३१ जेठ । नेकपा एमालेको नेतृत्वमा रहेको सरकारकाले पछिल्लो समय सुशासन स्थापना गर्न भन्दै बिभिन्न घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सकृय बनाएको छ ।

 

यही सन्दर्भमा पूर्व प्रधानमन्त्रीदेखि पूर्व सभामुखसम्मलाई विभिन्न प्रकरणमा अनुसन्धानको दायरामा ल्याएको छ भने पूर्व गृहमन्त्रीलाई त अहिलेसम्म पनि जेलमै राखिरहेको अवस्था  छ । सार्वजनिक पदमा रहेका बेला पदीय मर्यादा  भुल्दै स्वार्थ समूहलाई फाइदा हुने किसिमका निर्णय र त्यसमा कमिसनको खेल भएको भन्दै मुद्धा लगाइरहिएको छ ।

 

 

खासगरी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा जोडेर छानविनको दायरामा ल्याइएपछि सरकारले आफु विरुद्ध बोल्ने सबैलाई साइजमा ल्याउन प्रतिशोध साँधेको हो भन्दै आशंका पनि हुने गरेको छ । त्यहि बेला पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दाले पनि अर्को रुप निकालीदियो ।

 

 

यस्तै गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा लेखकको बचाउँमा एमालेका नेता तथा सांसदहरु खुलेरै लागे ।

 

 

यसरी सुशासनको डण्डा चलाउने सरकारले व्यक्ति र दल हेरेर किन व्यवहार गरेको भनेर हामीले नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीलाई प्रश्न गरेका छौं । उहाँसंगको भिडिओ सम्वाद हेरौं ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि