मृत्यु

ट्रकले किचेर एक महिलाको मृत्यु

 

झापा : ट्रकले किचेर झापामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ निवासी ५३ वर्षीया हिमादेवी दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीका अनुसार गौरादह पाडाजुङ्गी सडक खण्डअन्तर्गत गौरादह नगरपालिका-१ स्थित गुरुङचोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलमा सवार महिला हिमादेवी सडकमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नम्बरको धान बोकेको ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

मोटरसाइकल चालक मृतकका श्रीमान् ५६ वर्षीय नन्दलाल दाहाल भने सकुशल छन्। ट्रक, मोटरसाइकल र दुवै चालकलाई इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो