राष्ट्रिय धान दिवस

दमकको खेतमा बेठी लाउँदै असारे गाउँदै

दमक १५ असार / असारे भाका गाँउदै धान रोपेका दृष्य बिरलै देखिन थालेका छन् । अझ बेठी लगाउँदै र नाचगान गर्दै सामूहिक रोपाइको झल्को त नयाँ पुस्ताका लागि नौलो नै बनिसक्यो । तर लोप हुदै गएको यो संस्कृतिलाई झापाको दमकमा भने बडो रमाईलोका साथ प्रस्तुत गरिएको छ । अखिल नेपाल किसान महासघंको ब्यानरमा भएको रोपाई कार्यक्रममा के के भयो ? पुराना ती दिनहरुको याद कसरी स्मरण गरायो त ?

 

खेतका बिचमा रोपारहरु हातमा बीउको गावो लिएर रोपिरहेका थिए । कोही रोपारलाई सहज होस् भनेर ठाउँ ठाउँमा बीउका मुठा फालिरहेका थिए । अनि खेतको आलीमा उभिएर कोही पुरानो असारे भाकामा गाइरहेका थिए ।

 

यो रोपाईको सबैभन्दा आकर्षण बन्नु भएको थियो दमक ४ कि मनमाया दाहाल । उहाँले रोपारलाई गीत गाएर खेतमा उफारी उफारी नचाउँनु भयो । निकै रसका साथ बिभिन्न भाकाका गीत गाउनु भएपछि उहाँ जता जता रोपार त्यता त्यता भएका दृष्य देखिन्थे ।

 

उहाँ किर्तनमा जानुहोस् वा, विवाह, प्रतबन्ध वा कुनै उत्सव । जहाँ जस्तो अवस्था छ त्यस्तै समय र सन्दर्भ मिलाएर गीत बनाउँदै जोशका साथ गाउनु हुन्छ । यही क्रममा असार १५को धान दिवसका अवसरमा गते दमक ४ स्थित दाहाल प्रतिष्ठानको पछाडि टेकनाथ गड्तौलाको खेतमा भएको रोपाई कार्यक्रममा पनि सहभागी बनेर उस्तै रमाइलो गरिछोड्नु भयो । उहाँ भन्नु हुन्छ ‘मलाई यस्तो कसैले सिकाएको होइन । म जहाँ जान्छु जस्तो अवस्था हुन्छ म त्यस्तै गीत गाएर माहोललाई रमाईलो बनाउन सक्छु ।’

 

यतिमात्रै नभएर यहाँ पञ्चेबाजा खुव रमाईलोसँग बजाइयो । त्यसको तालमा पनि रोपार नाचे । बाउसे उफ्रे । हिलो छ्यापाछ्याप भयो । निकै रमाईलो गर्दै रोपाई गरिएको थियो ।

 

यो तरिकाले खेत रोप्ने परम्परा उतिबेला देखिन्थे । तर अहिले हराँउदै गएको छ । मौलिक परम्परालाई फेरि जगाउन अखिल नेपाल किसान महासघं झापाले जिल्लाका १५ वटै पालिकामा यस्तै खालको कार्यक्रम गरेको र लोप हुन लागेको सामूहिक खेत रोप्ने प्रचलन ‘बेठी सस्कृति’लाई पुःनजागृत गर्ने काम गरेको महासघंका झापा अध्यक्ष बिमल निरौलाले बताउनु भयो ।

 

सामूहिक रोपाईंमा नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओली, कोशी प्रदेशसभा सदस्य होम बहादुर थापा तथा नेकपा एमालेका जिल्ला एवं नगर स्तरका नेता साथै विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गौतमबुद्ध विमानस्थलमा आश गरेर लगानी गर्नेहरू संकटमा स् सांसद अग्रवाल

काठमाडौँ , १ भदौ । रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा व्यवसायी र लगानीकर्तालाई मार परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुनमकुमारी अग्रवालले

भूमिहीनलाई अधिकार दिऔं, निराशा होइन : सांसद खत्री

काठमाडौं ,१ भदौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजिव खत्रीले भूमिहीनलाई अधिकार दिनुपर्ने र निराशा फैलाउने भाष्य निर्माण गर्न नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको

कोशी प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डलले पायो पूर्णता

विराटनगर ,१ भदौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरूको कार्यविभाजन टुङ्ग्याउनुभएको छ। एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएसँगै

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाडौं ,१ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नु भएको छ ।   सोमबार राष्ट्रपति

नेपालमा रहेका ब्रिटिश गोर्खाले मनाए नागपञ्चमी

काठमाडौं,१ भदौं। नेपालभर नाग पञ्चमी पर्व श्रद्धा र भक्तिभावका साथ मनाइँदै गर्दा नेपालमा रहेका ब्रिटिश गोर्खाले पनि नागपञ्चमी मनाएका छन् । ब्रिटिश गोर्खाज नेपाल (बीजीएन)को

सामाजिक सञ्जालमा लगाइएको आरोपप्रति सांसद इन्दिरा राना मगरको आपत्ति

काठमाडौं ,१ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै नेपाली महिलामाथि