कार्यालयको सेवामा समस्या

खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही मर्कामा

 

 

 

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्। एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएको स्थानीय बासिन्दाले बताएका हुन् ।

खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयको प्रायजसाे कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट बन्द हुने बित्तिकै विमानस्थल कार्यालयको काम नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताउनुभयो।

सोलुखुम्बुको क्याम्जे टावरको अटो ब्याकपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केही दिनयता क्याम्जे टावरमा जान नसकेको कारण ब्याकप सञ्चालन गर्न नसकेको उहाँले बताउनु भयो।

आफूले टेलिकम शाखा सल्लेरीलाई समस्या समाधानका लागि निर्देशन दिइसकेकाले  पन्थीले बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य