चलचित्र चल्ने भए

भोलीदेखी सिनेमा हलमा फिल्म हेर्न पाईने, दमकमा खिलाडी र चपली हाईट ३ प्रदर्शन हुने

d-max-hall-damak

दमक/
कोरोनाको तेस्रो लहर सुरु भएपछि सबैभन्दा पहिला चलचित्र हललाई प्रतिबन्ध लगाइयो । मनोरञ्जनको क्षेत्र र सर्वसाधरणको भीड बढि हुने सरकारको बुझाईका कारण कोरोना महामारीको समयमा सबैभन्दा पहिला चलचित्र हलहरु पर्ने गरेका छन् । गत माग १ गते देखी बन्द भएका हलहरु सरकारले औपचिारिक रुपमा फागुन १ अर्थात आईतबारदेखी खुल्ला गरायो ।

हल त खुल्यो । तर नयाँ रिलीज भएका चलचित्र कुनैपनि छैनन् । नयाँ चलचित्र सुटिङ नै हुन नसकेका कारण पनि हलहरुले कुन चलचित्र देखाउने भन्ने दुविधिमा छन् ।

नेपाल चलचित्र सघं पुर्वाञ्चल का अध्यक्ष चैतन्य बराललका अनुसार यस अघि हल खुल्लै रहेको बेलामा नेपाली चलचीत्र चपली हाईट ३ प्रदर्शनमा थियो । यो चलचित्र प्रदर्शन सुरु भएको ३ दिनमै हल बन्द भएका थीए । अव अहिले हल खुल्ने भएपछि यही चलचित्र नै प्रदर्शन गरिने छ । साथै केहि हलहरुमा साउथ इन्डियन मुभि खिलाडी पनि प्रदर्शन हुने छ ।

दमकमा अहिले २ वटा हलरु सञ्चालनमा छन् । पाथीभरा सिनेमा हलमा चपली हाईट ३ प्रर्दशन हुने र डि म्याक्स सिनेमा घरमा चपली हाईट ३ का साथै साउथ इण्डियन मुभी खिलाडी पनि प्रर्दशन हुने बताइएको छ ।

एक महिना हलहरु बन्द हुँदा प्रदेश १ मा मात्र झण्डै २ करोड नोक्सान भएको बरालले बताउनु भयो । यहाँ करिव २० वटा हलहरु छन् । सबै हल बन्द हुँदा २ करोड भन्दा पनि बढि नोक्सान भएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।