चलचित्र चल्ने भए

भोलीदेखी सिनेमा हलमा फिल्म हेर्न पाईने, दमकमा खिलाडी र चपली हाईट ३ प्रदर्शन हुने

दमक/
कोरोनाको तेस्रो लहर सुरु भएपछि सबैभन्दा पहिला चलचित्र हललाई प्रतिबन्ध लगाइयो । मनोरञ्जनको क्षेत्र र सर्वसाधरणको भीड बढि हुने सरकारको बुझाईका कारण कोरोना महामारीको समयमा सबैभन्दा पहिला चलचित्र हलहरु पर्ने गरेका छन् । गत माग १ गते देखी बन्द भएका हलहरु सरकारले औपचिारिक रुपमा फागुन १ अर्थात आईतबारदेखी खुल्ला गरायो ।

हल त खुल्यो । तर नयाँ रिलीज भएका चलचित्र कुनैपनि छैनन् । नयाँ चलचित्र सुटिङ नै हुन नसकेका कारण पनि हलहरुले कुन चलचित्र देखाउने भन्ने दुविधिमा छन् ।

नेपाल चलचित्र सघं पुर्वाञ्चल का अध्यक्ष चैतन्य बराललका अनुसार यस अघि हल खुल्लै रहेको बेलामा नेपाली चलचीत्र चपली हाईट ३ प्रदर्शनमा थियो । यो चलचित्र प्रदर्शन सुरु भएको ३ दिनमै हल बन्द भएका थीए । अव अहिले हल खुल्ने भएपछि यही चलचित्र नै प्रदर्शन गरिने छ । साथै केहि हलहरुमा साउथ इन्डियन मुभि खिलाडी पनि प्रदर्शन हुने छ ।

दमकमा अहिले २ वटा हलरु सञ्चालनमा छन् । पाथीभरा सिनेमा हलमा चपली हाईट ३ प्रर्दशन हुने र डि म्याक्स सिनेमा घरमा चपली हाईट ३ का साथै साउथ इण्डियन मुभी खिलाडी पनि प्रर्दशन हुने बताइएको छ ।

एक महिना हलहरु बन्द हुँदा प्रदेश १ मा मात्र झण्डै २ करोड नोक्सान भएको बरालले बताउनु भयो । यहाँ करिव २० वटा हलहरु छन् । सबै हल बन्द हुँदा २ करोड भन्दा पनि बढि नोक्सान भएको उहाँले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य