झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । शहरी विकास मन्त्रालयले अहिले परीक्षणका रूपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।
एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ औँ तलाको छ । ७२ मिटर उचाइ कङ्क्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहरा भन्दा अग्लो हो ।









