साहित्य

लोकार्पण भयो दाहालको ‘स्वप्न महल’

अग्निहोत्रको नाभिबाट उठेको हो ‘स्वप्न महल’

दमक, ३२ असार / झापाको दमकका पुराना साहित्यकार एवम् प्राध्यापक भूमिप्रसाद दाहाल ‘जिज्ञासु’को पहिलो कृतिका रुपमा कविता संग्रह ‘स्वप्न महल’को मंगलबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

 

दमक क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व क्याम्पस प्रमुख एवम् प्राच्य विज्ञान अनुसन्धान केन्द्रका संस्थापक मोहन भण्डारीले कृतिले जीवन र जगतप्रतिको वेथिती विरुद्धको विद्रोह बोलेको बताउनु भयो ।

 

दमक बहुमुखी क्याम्पसमा प्राध्यापनरत दाहालका लागि सो क्याम्पसको नेपाली र अंग्रेजी विभागको आयोजनामा मानविकी तथा शिक्षा शास्त्र संकायका विद्यार्थीका लागि कृति लोकार्पणको समीक्षा अवलोकन कार्यक्रमका रुपमा समेत त्यसलाई लिइएको थियो । सो अवसरमा साहित्यकार एवम् प्राध्यापक बास्कोटा धनञ्जय र शिव रेग्मी प्रणतले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘स्वप्न महल’ मा सरल शैलीमा नविन प्रयोगका कविताहरु रहेको उल्लेख गर्नुभयो । बास्कोटा भन्नुहुन्छ ‘अग्निहोत्रको नाभिबाट उठेको हो ‘स्वप्न महल’।’

क्याम्पसको नेपाली विभागका प्राध्यापक प्रविण कार्कीको अध्यक्षताको कार्यक्रममा प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, कृतिकार दाहालका भाई अमेरिकन फिजिकल सोसाइटीका डा. हरिप्रसाद दाहालसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । अमेरिकामा जन्मे हुर्केकी कृष्टिना दाहालले नेपाली मायाको गीत प्रस्तुत गर्नुभयो । बुबा जीवनाथ दाहाल र आमा खगमाया दाहाललाई सम्मुखमा राखेर आशिर्वाद मान्दै संयोजन गरिएको लोकार्पण कार्यक्रममा दमक ९ निवासी कृतिकार दाहालले आफ्‌नो कृतिको एउटा कविता वाचन गर्नुभएको थियो । स्थानीय साहित्यकार तथा आफन्तजनको उत्साह रहेको कार्यक्रममा दमक क्याम्पसका विद्यार्थीहरुको समेत चासोपूर्ण उपस्थिति रहेको थियो ।

५९ पृष्ठमा ४१ कविता समेटिएको सो कृतिको प्रकाशक प्रतिभा निकेतन रहेको छ । उहाँको उपन्यास र समालोचना कृति पनि प्रकाशनको संघारमा छन् । शास्त्री, एमए (नेपाली) गर्नुभएका दाहाल विद्यावारिधीको अध्ययनरत हुनुहुन्छ । दमक क्याम्पसमा प्राध्यापनरत उहाँ जीवन स्मृति प्रतिष्ठानको अध्यक्ष र प्रतिभा निकेतनको सदस्य रहनु भएको छ ।

 

उनकै संगतले म परिवर्तन भएँछु,
रिंगटा लाग्छ, संगत घुमाउनेसंगै भएछ
सत्य कुराको साक्षी बन्न पनि डर लाग्छ ,
म रिंगटाको बिरामी भएँछु । (कविता ‘रिंगटा’ बाट

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

คาสิโนออนไลน์เว็บตรงที่ดีที่สุดสำหรับผู้เล่นชาวไทย – โบนัสสูงสุด 380%

รอบคลุมทั้งคาสิโนสด สล็อต เกมโต๊ะ RNG และเกมแนวเอเชียที่ผู้เล่นไทยคุ้นเคย จุดเด่นของแพลตฟอร์มนี้คือจำนวนเกมที่หลากหลายและการอัปเดตเกมใหม่จากผู้พัฒนาเกมหลายค่าย ทำให้ผู้เล่นสามารถเลือกเล่นเกมที่มี RTP สูงได้หลายประเภท ตั้งแต่เกมไพ่ไปจนถึงสล็อตและเกมจังหวะเร็ว เลือกคาสิโนออนไลน์ที่มีเครื่องมือตั้งวงเงินฝาก จำกัดเวลา พักบัญชี aztec pg หรือปิดบัญชี หากเริ่มปกปิดยอดเล่น ยืมเงิน เครียด นอนไม่หลับ หรือส่งผลกระทบต่อการทำงานและครอบครัว ควรหยุดเล่นและขอความช่วยเหลือ WHO ระบุว่าผลกระทบจากการพนันอาจครอบคลุมสุขภาพ การเงิน

Official Site

Moreover, you will not incur any prices whenever you make your deposits at Cheeky Bingo. You can even simply make your deposits/withdrawals via the app

सम्बन्धित समाचारहरू